नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर
नेपालगन्ज, १५ भाद्र – बाँके जिल्लाको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो ।
सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराई तिजको शुभकामना आदान प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भयो !
वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्णकुमार थ...









