Friday, August 14सत्यम खबर
Shadow

राजनीति

भारतले दिएको लाइफलाइन तोडिने जोखिममा बंगलादेश

भारतले दिएको लाइफलाइन तोडिने जोखिममा बंगलादेश

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – बंगलादेशमा सरकार परिवर्तन हुन्छ। जनविद्रोहका कारण सत्ता परिवर्तनको धेरै पूर्वाग्रह पनि छन् । बंगलादेश धेरै कदम अगाडि बढेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासन (२००८-२०२४) लाई बेवास्ता गर्ने प्रयासमा उनीहरूले देशको असाधारण उपलब्धि र त्यसका पछाडिका कारणहरूलाई बेवास्ता गर्न खोजिरहेका छन्। यस कदमले उनीहरूलाई राजनीतिक उथलपुथलमा पुर्यायो जुन सम्भावित रूपमा अराजकता र अल्पविकासको जालमा समाप्त हुन सक्छ, जसले अर्थतन्त्रको दीर्घकालीन आय सम्भावनालाई असर गर्ने निरन्तर अशान्ति र कम लगानीको चक्रले संकेत गर्दछ। १९७२ र १९९१ को बीचमा, जब बंगलादेश ठूलो मात्रामा सेनाको शासनमा थियो । यसको कुल गार्हस्थ उत्पादन लगभग ६ बिलियन डलरबाट ३१ बिलियन डलरमा (वर्तमान मूल्यमा) अर्थात् पाँच गुणा बढ्यो। अर्कोतर्फ, बंगलादेश त्यतिबेला अत्यन्तै गरिब थियो। यसैले वृद्धिले कम आधारको फाइदा थियो।...
ओलीलाई बालेनको प्रश्न- नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?

ओलीलाई बालेनको प्रश्न- नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् । बालेनले भनेका छन्- वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ...
प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए । उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभाग...
गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो । टोलीले यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो । नेपाल पाना...
समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बर्दिया, १७ भाद्र – बर्दिया्लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताउनु भएको छ । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको धारणा राख्नु भएको हो ।‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’ एमाले केन्द्रिय सदस्य समेत रहनुभएका आचार्यले भन्नुभयो, ‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्दछ ।’ मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिनुभएको छ ...
एमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

एमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ भाद्र – नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखी देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको बताउनुभयो । महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशि...
‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’

‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ भाद्र – मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ । अभियानले आइतबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रतिम धेशी दलहरुको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरुलाई खबरदारी गरेको हो । अभियानले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेशी पार्टीहरुबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको असंवेदनशीलता र गैरजिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणालीप्रतिम धेशी जनताको विश्वासमा गम्भीर असर परेको छ ।’ मधेशी समुदायका हकअधिकार सुनिश्चित गर्नका लागि सम्झौतामा उल्लेखित बुँदाह...
प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनु भएको छ । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकार मध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय हुनु भएको छ । उत्कृष्ट भएसँगै उहाँहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाले पुरस्कृत हुनुभएको छ । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोलेसमेत सहभागिता जनाउनुभएको थियो । लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागि सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी...
अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र - अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिजगित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नेपालगन्ज वडा नं.९ प्रथम गीता अर्यालको टिम दुतिय, निर्मला विसीको टिम तृतीय, कमला गौतमको टिमले शान्तवना पुरस्कार पाएको छ । अनेमसंघ अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको तीजगीत प्रतियोगितामा अनेमसंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज विना ज्ञवालीले महिलाहरुलाई चेतना जगाउने र परम्परा र संस्कृतिलाई जोगाइ राख्न मौलिक गितको ठुलो महत्व हुने कुरामा जोड दिदै महिला एकजुट भएर अगाडि बढ्न सुझाव दिनुभयो । नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले माइति टाढा हुनेहरुलाइ यसरी जम्मा गरेर तिज मनाउन पाउँदा टाढा माइति भएका महिलाहरुलाई माइतिको याद मेटाउने बता...
‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’ मेयर आचार्य

‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’ मेयर आचार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १५ भाद्र – ‘निरन्तर शिक्षाका लागी पुस्तकालय’ भन्ने आर्दश वाक्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शनिबार आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएकाले यसलाई जोगाउनु पर्ने बताए । उनले पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाज उठेका विभिन्न विषयमा बसह चलाउनु धारणा राखे । उनले आगामी दिनमा कोहलपुर नगरपालिकाले पुस्तकालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । विभिन्न व्यक्तिले समाजमा पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेकोमा नगरप्रमुख आचार्यले खुुसी व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि तथ जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले दीर्घकालसम्म पनि भाषा, कला, साहित्य, संस्कार, संस्कृति ल...