सीमानाकामा बिताएको एक वर्ष
मितिः २०७९ साउन ७ गतेप्रतिभा ढकालविश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड –१९)को चपेटाबाट नेपाल पनि अछुतो रहन सकेन । लामो नाकाबन्दी पश्चात नेपालको पूर्विद्वार काँकरभिट्टा नाकामा नेपाल रेडक्रस सोसाइटीको ‘Covid-19 Response Program’ अन्तर्गत मिति २०७८ असार २३ गतेबाट सामाजिक सेवा अन्तर्गत स्वयम्सेवकका रूपमा निरन्तर रूपमा एक वर्षसम्म अविछिन्न रूपमा कार्यसम्पादन गर्दै गर्दा भेटिएका वा पाइएका अनुभवहरूलाई सम्झिँदै गर्दा थप अनुभव र सूचाङ्कहरूको बोध भएर आउँछ ।
भयावह प्राणघातक महामारी केही सहज हँुदै गर्दा जुन जिम्मेवारी पाइयो त्यो आफ्नो लागि गौरवकै विषय भए पनि चुनौति पनि उत्तिकै रहेको महशुस गर्दै अत्यन्तै होसियारीका साथ स्वास्थ्य मापदण्ड अपनाउँदै कार्य सम्पादन गर्नुपर्ने स्थितिलाई अत्मसाथ गर्नै प¥यो । नाकामा वारिपारी गर्ने संख्या अघिल्लो समयभन्दा पछिल्लो समयमा क्रमश बढ्दै गएको पाइयो ।
त्यसै ...









