किसानका खेतखेतमा मन्त्रालयको टोली !
बाँके,१८ असोज । प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ ।
मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले उपलब्ध गराउने अनुदान बारे जानकारी गराउदै हिडेका छन् ।
पछिल्लो समय प्रदेश मन्त्रालयले ब्यावसायिक किसान र फर्मलाई कृषि अनुदानका लागि प्रस्तावना माग गरेको अवस्थामा मन्त्रीका स्वकीय सचिव रोकाय किसानको घरदैलोमै पुगेर अनुदान फर्म भर्ने तरिका लगायतका बारेमा जानकारी दिईरहेका छन् ।
सबै किसानसँग सूचनाको पहुँच नभएका कारण आफुहरु घरदैलोमा खटिएको रोकायले बताए । ‘सरकारले दिने अनुदान सिमित टाठाबाठा किसानले भन्दा पनि वास्तविक किसानले पाउनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ’, रोकायले भने, ‘सरकारले किसानलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा बार...