Thursday, November 21सत्यम खबर
Shadow

प्रेमी जोडीद्धारा विष सेवन गरि आत्महत्या

बाँके,१५ असोज । बाँकेको कोहलपुर नगरपालिकामा सोमवार दुई जना प्रेमी जोडीले बिष सेवन गरि आत्महत्या गरेको कोहलपुर प्रहरीले जनानएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बीचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ ।
दुबै विवाहित भएपनि एकआपसमा बढ्दै गएको आकर्षणका कारण आत्महत्याको बाटो रोजेको खुल्न आएको छ । ४१ वर्षिय खुसीराम र उनकी प्रेमीका भनिएकी राधाले सोमबार बैजनाथ गाँउपालिका ,७ पेडारीमा बिष सेवन गरि आत्महत्या गरेका हुन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले सल्फास नामक विषादी प्रयोग गरेर दुबैले आत्महत्या गरेको जानकारी दिए । विसीले घटनास्थलबाट सल्फास नामक विषादीको ४ वटा खाली सिसि समेत बरामद गरिएको बताए ।
मृतक दुबैको शव भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पोष्टमार्टमका लागि ल्याईएको तथा रिर्पाेट आई सकेपछि उनीहरुको शवलाई आफन्तको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी निरिक्षक बिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *