स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन
बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो ।
गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो ।
स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ ।
गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर...