Thursday, November 21सत्यम खबर
Shadow

बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

बाँके,१४ असोज । देशमा बढ्दो बलात्कार र हत्या हिंसा नियन्त्रणका लागि दवाव दिन संघीय समाजवादी महिला फोरम बाँकेले आईतवार बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बलात्कार र हत्या हिंसा नियन्त्रणमा सरकार उदासिन भएको भन्दै संघीय समाजवादी फोरमको भगिनी संगठन संघीय समाजवादी महिला फोरम बाँकेले चिन्ता र चासो व्यक्त गरेको हो ।
महिला फोरमले बलात्कार र हत्या हिंसाका घटनामा बढोत्तरी हुँदा कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको ठहर गर्दै ज्ञापनपत्र बुझाएको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको जनाएकोछ ।
महिला फोरमकी अध्यक्ष उषा गौतम नेतृत्वको टोलीले आईतबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुददीन राईले बताए । ज्ञापनपत्र बुझाउनुअघि महिला फोरमले ईदगाह रोडस्थित पार्टी कार्यालयबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥यालीसमेत निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *