Thursday, November 21सत्यम खबर
Shadow

नेपालगञ्जमा दशैं सस्तो बजार

बाँके,१५ असोज । नेपाली उपभोक्तालाई नेपाली बजार प्रति आकर्षित गर्न तथा भारतीय बजार रुपैडिहा भन्दा सस्तो दररेटमा वस्तु पाईन्छ भन्ने चेतना गराउने उद्देश्यका साथ बाँकेका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार सञ्चालन गर्ने भएका छन् ।
नेपाली बजारमा वस्तुको मुल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्ताहरुका लागि यहाँका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार संचालन गर्ने भएका छन् ।
असोज २४ गतेदेखि ३० गतेसम्म बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जमिनमा दशैं सस्तो बजार संचालन हुने आयोजक नेपालगञ्ज वितरण संघका कोषाध्यक्ष उपकार टण्डनले जानकारी दिए ।
टण्डनका अनुसार दशैं सस्तो बजारमा उपभोक्ताले यहाँ उत्पादन हुने वस्तुहरु १० देखि २० प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ । दशैं सस्तो बजारमा कम्प्यूटर बिलिङको व्यवस्था गरिने भएको छ ।
दशैं सस्तो बजार संचालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्ज उमपहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ, मदिरा व्यवसायी संघले सहयोग गरिरहेको नेपाल वितरक संघका केन्द्रीय उपाध्यक्ष ललित कुमार रौनियारले जानकारी दिए ।
कतिपय नेपाली उत्पादनको मूल्य सस्तो र गुणस्तरीय भएपनि जानकारीको अभावमा भारतीय सीमावर्ती क्षेत्रमा खरिद गर्न जाने उपभोक्ताहरुलाई वस्तुको मूल्य र गुणस्तरबारे थाहा दिने र नेपाली उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले दशैं सस्तो बजार संचालन गर्न लागिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वमहासचिव विष्णु लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *