Tuesday, October 22सत्यम खबर
Shadow

जनजागरण समाजद्धारा पछल्डङ्ग्या र दाहाल सम्मानित

बाँके,१७ असोज । जनजागरण समाज खजुराको अध्यक्षमा नसिरुल निशा निर्वाचित् भएकी छन् । समाजको बुधवार खजुराखुर्दमा भएको १५ औँ साधारण सभाले नसिरुललाई अध्यक्षमा निर्वाचित् गरेको हो ।
अध्यक्षका लागि मन्शाराम कहार र मायादेवी काँदुले पनि उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । कुल दुई सय मतदाता मध्ये ९३ जना सदस्य निर्वाचनमा सहभागी भएका थिए ।
निर्वाचनमा नसिरुलले ६९ मत प्राप्त गरेर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार मायादेवीले १४ र मन्शारामले ७ मत मात्र प्राप्त गरेको जनजागरण समाजले जनाएको छ । चार मत बदर भएको थियो ।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रमेशकुमार काँदु, सहसचिवमा हनुमान राँढ र कोषाध्यक्षमा खेमराज बर्मालाई चयन गरेको सदस्य सचिव समेत रहेका जनजागरण समाजका कार्यकारी ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए ।
समाजको विधानमा कार्यकारी ब्यवस्थापक सदस्य सचिव रहने ब्यवस्था छ । सदस्यमा रामप्यारी बर्मा, मन्साराम कहार र मायादेवी काँदु निर्वाचित् भएको पुनले जानकारी दिए । उपाध्यक्ष विकले गरिव, विपन्न परिवारको उत्थानका लागि गाउँपालिका सँगसँगै रहने प्रतिवद्धता जनाइन् ।
उनले सबै भन्दा पछाडि परेका महिला, दलित, पीछडिएका वर्गको उत्थान र विकासका लागि समुदायमा आधारित कार्य सञ्जाल संस्था जनजागरण समाजले गरेको कामलाई स्थानीय तहले आत्मसाथ गर्नुपर्ने बताइन् ।
यसैबीच जनजागरण समाज खजुराले आफ्नो १५ औँ साधारणसभाका अवसर पारेर दुईजना सञ्चारकर्मी र एक सञ्चार संस्थालाई प्रशंसापत्रले सम्मान गरेको छ । कलमको माध्यमबाट गरिव, उपेक्षित, सिमान्तकृत र अल्पसंख्यक समुदायको जीवनस्तर उकास्न सञ्चार पैरवी गरेको भन्दै समाजले रेडियो हातेमालो एफएमलाई संस्थागतरुपमा सम्मान गरेको हो ।
त्यसैगरि पत्रकारिताको माध्यमबाट संचार पैरवी गरेर संस्थाको अभियानलाई सहयोग गरेको भन्दै नयाँ पत्रिका बाँकेका सम्वाददाता विश्वराज पछल्डङ्ग्या र सद्भाव एफएममा कार्यरत खगेन्द्र दाहाललाई सम्मानपत्र प्रदान गरि सम्मान गरेको समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *