“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”
बाँके,१२ माघ । अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगञ्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच करका बारे छलफल भएको छ ।
भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लगाए ।
भन्सारका थुप्रै चुनौतीका बिषयमा आफ्नो बिषय राखेका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने,‘हामी कहाँ राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने गरिने प्रबृत्ति छ ।’ भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरे ।
राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए । उनी लगत्तै बोलेका बर...