कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा
नेपालगन्ज, २६ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको २१० कट्ठा जग्गामा फैलिएको पोखरीलाई कर्बलाको नाममा कब्जा गर्न लामो समयदेखि प्रयास जारी रहेकै बेला नरैनापुर वडा नं. १ कटकुईया गाउँको दक्षिण तिर रहेको करीव २ विगाहा जग्गामा फैलिएको सरकारी पोखरी २०८३/२/२१ गते कब्जा गरिएको छ ।
प्राप्त जानकारी अनुसार नरैनापुर वडा नं. १ का वडा अध्यक्ष ईशाक जोलाहको मिलोमत्तो एवं निर्देशनमा वडा नं. १ महानितिया गाउँ बस्ने नूरमोहम्मद शाहको अध्यक्षतामा हुसैनी कर्बला महानितिया संचालक समिति बनाई २०८३/२/२१ गते उक्त संचालक समितिको नामावली सहितको बोर्ड पोखरीमा गाडेरकब्जा गरिएको हो ।
वडा अध्यक्ष ईशाक जोलाहले नरैनापुर वडा नं. १ मा रहेका सबै जग्गा प्रायः कब्जा गरिसकेको स्रोतको दावी रहेको छ । वडा अध्यक्ष ईशाक जोलाहले कब्रिस्तानको नाममा र ईदगाहको नाममा धेरै एलानी सरकारी जग्गा कब्जा गरीसकेको र गर्ने क्रम ज...









