Friday, August 7सत्यम खबर
Shadow

प्रदेश ५

१९ औं वार्षिकोत्सव ३० जनाले गरे रक्तदान

१९ औं वार्षिकोत्सव ३० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ बैशाख – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते आइतवार बैंक कर्मचारी, सेवाग्राही, स्वास्थ्यकर्मी, व्यवसायी लगायत महिला पुरुष गरी ३० जनाले रक्तदान गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश गौतम, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिकास चन्द, सहायक प्रबन्धक चन्द्रकुमार ऐर, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी र सुनिल पुलामी थापालाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । १९ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश गौतम, कोहलपुर शाखा...
बझाङ्गी सेवा समाजद्वारा शुभकामना आदान–प्रदान

बझाङ्गी सेवा समाजद्वारा शुभकामना आदान–प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
एस के प्रकाश नेपालगन्ज, ७ बैशाख – बझाङ्गी सेवा समाज जिल्ला कार्य समिति बाँकेले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बझाङ्गी सेवा समाज जिल्ला कार्य समिति बाँकेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष महेश भण्डारी, उपाध्यक्ष दिपक सिंह, कल्पना भण्डारी, सचिव विनोद खड्कालगायत कार्यसमितिको सहभागिता हुनुका साथै बझाङ्ग जिल्लाबाट बसाई सराई भई बाँकेमा बसोबास गर्ने सम्पूर्णको सहभागिता रहेको थियो । उक्त शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा बझाङ्ग जिल्लाबाट बाँकेमा आई बसोबास गर्दै आईरहेका क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको बताईएको छ ।...
गैर जिम्मेवार नेपालगन्ज उद्योग वाणिज्य संघ !

गैर जिम्मेवार नेपालगन्ज उद्योग वाणिज्य संघ !

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
अजय कुमार गुप्ता मितिः २०८३ बैशाख ७ गते, सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघको गतिविधि विगतदेखि नै गैर जिम्मेवारपूर्ण रहेको छ । सानो व्यापारी समस्यामा पर्दा नदेखे जस्तो गर्ने, ठूलो व्यापारी समस्यामा पर्दा सक्रिय हुने त्यसको नानीदेखि लागेको बानी हो । पूर्वका संघ अध्यक्षहरु अच्युतप्रसाद प्रसाई, शतिस चन्द्र अग्रवाल, दामोदरप्रसाद आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद आचार्य, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ लगायतको कार्यकाल केही सन्तोषपूर्ण थियो । तर वर्तमान कार्यसमिति आफ्नो असक्षमता देखाउँदै आएकोले यस प्रति अधिकांश व्यापारीहरुमा असन्तोषको भावना व्याप्त छ । केही वर्षदेखि नेपालगन्जको बजार सुक्दै गएको छ । यो बजारलाई बचाउन अहिलेसम्म संघले कुनै प्रकारको ठोस पाईला चालेको छैन । अधिकांश समय संघको कार्यालयमा बसी वर्तमान समयका पदाधिकारीहरु सुख सयल गर्दै आएका छन् । मुलुकमा बालेन शाह नेतृत्वमा नयाँ सरकार अस्ति...
नेपालगन्ज जेसीजद्वारा नवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण

नेपालगन्ज जेसीजद्वारा नवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ बैशाख – नेपालगन्ज जेसीज सप्ताह २०२६ अन्तर्गत तेस्रो कार्यक्रम æनवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण’’ सफलतापूर्वक सम्पन्न भएको नेपालगन्ज जेसीज जानकारी दिईएको छ । यस कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा नवजात शिशुहरुलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । साथै, उक्त वडामा जन्मिने सम्पूर्ण नवजात शिशुहरुलाई निरन्तर रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बताईएको छ । यस पहल अन्तर्गत वडा नं. २०, बाँकेमा जन्मिने सम्पूर्ण नवजात शिशुहरुले जन्म भएको २८ दिन भित्र सोही वडास्थित स्वास्थ्य चौकीबाट उक्त सामग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जुन आगामी एक वर्षसम्म निरन्तर रहने जनाईएको छ । यस कार्यक्रममा स्वास्थ्य सामग्री उपलब्ध गराउने हिमालय वेलनेस कम्पनी प्रति विशेष आभार...
ब्रिनोजको सहकार्यमा दार्मा गाउँपालिकामा ६ दिने निःशुल्क शिविर, पहिलो दिन १५९ जनाको चेकजाँच

ब्रिनोजको सहकार्यमा दार्मा गाउँपालिकामा ६ दिने निःशुल्क शिविर, पहिलो दिन १५९ जनाको चेकजाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ बैशाख – दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखा फारुलाचौर, सल्यानको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, रक्षाचौर दा·को प्राविधिक सहकार्यमा आज आईतबारदेखि ६ दिने निःशुल्क आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । आज आईतबार सम्पन्न निःशुल्क शिविरमा १५९ जना बिरामीहरुलाई आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी स्वास्थ्य उपचार प्रदान गरिएको जनाईएको छ । आज आईतबार पहिलो दिन सम्पन्न निःशुल्क शिविरमा महिला ६७ जना, पुरुष ९१ जना गरी जम्मा १५९ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो भने शिविरको आयोजना दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–३ मा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सम्पन्न गरिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले ...
मलाई न्याय देउ बालेन सरकार : पीडित शालिकराम पाठक

मलाई न्याय देउ बालेन सरकार : पीडित शालिकराम पाठक

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ बैशाख – मलाई न्याय देउ बालेन सरकार भन्दै पीडित शालिकराम पाठक पत्रकारहरु माझ आएका छन् । उनले आईतबार पत्रकार भेटघाट गर्दै विगतमा भएको २३–२४ गतेको जेनजी आन्दोलनमा सहभागिता जनाएको कै हुँदा आफूलाई चाहिए नचाहिएको मुद्दा लगाईएको हुँदा सो मुद्दाबाट छुटकारा दिलाउन बालेन सरकारलाई गुहार गरेका छन् । उन न्याय पाउन बारे प्रेस नोट जारी गर्दै ‘भदौं २४ को जन आकोश प्रदर्शनमा सहभागी भएकै आधारमा राज्यको सरकारी निकायहरुले अन्यायपूर्ण तरीकाले प्रतिशोधको भावना साधी पक्षपात पूर्ण तरीकाले म शालिकराम पाठक माथी विभेदपुर्ण तरीकाले मुद्दा लगाउने प्रयास गरियो । भदौं २३/२४ को जेन–जी प्रदर्शन देशै भरी उग्र तरीकाले हुँदा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय तोडफोड आगजनि हुँदा हजारो हजार युवाहरुले सामुहिक रुपमा उक्त प्रदर्शनमा सहभागी भै उक्त घटना घटेको हो । सो घटनाको बारेमा नेपालगन्ज उपमह...
नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती

नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
प्रेमचन्द्र झा मितिः २०८३ बैशाख ६ गते, आईतबार नेपाल–भारत सम्बन्धबारे बहस चलिरहँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली मधेसी समुदायको दैनिक जीवनसँग जोडिएका विषयहरू फेरि एकपटक राष्ट्रिय विमर्शको केन्द्रमा आएका छन्। विशेषगरी भारतीय बजारबाट किनिने दैनिक उपभोग्य वस्तुमा कर लगाउने सरकारी निर्णयले सीमावर्ती जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै व्यापक असन्तोष व्यक्त भइरहेको छ। तर यो विषयलाई केवल भावनात्मक प्रतिक्रिया वा तात्कालिक असन्तोषको रूपमा बुझ्नु पर्याप्त हुँदैन; यसको गहिराइ राज्य संरचना, आर्थिक नीतिको चरित्र, भूराजनीतिक यथार्थ र ऐतिहासिक सम्बन्धको जटिल अन्तर्क्रियासँग जोडिएको छ। नेपाल र भारतबीचको सम्बन्ध सामान्य छिमेकी सम्बन्धभन्दा फरक हुनुको मूल कारण केवल सांस्कृतिक निकटता मात्र होइन, बरु संरचनागत अन्तर निर्भरता पनि हो। खुला सिमाना, श्रम बजारको आदानप्रदान, उपभोग्य वस्तुको आपूर्त...
बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – भारतीय नागरिक नेपालमा बसी कारोबार गर्दै आईरहेको अवस्थामा ०६२/०६३ मा नेपाली नागरिकता बनाई विधिवत नेपाली नागरिक भई कारोबार गर्दै आएका बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ परेको स्रोतले दाबी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका अन्सारी यस अगावै समेत तस्करी मुद्दामा -भालुको पित्त, कस्तुरी) को अवैध कारोबारमा चाईनिज व्यक्ति टासीसँग मिलेमतो गरी बफरार भएका थिए पछि कानुन बमोजिम भएको बताए । पक्राउ परेका बर्कत अन्सारीको पुरानो घर बहराईच जिल्ला नाजिरपुरा टोल भएको स्रोतले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज भन्सार कार्यालयमा चोरी गरेको सिसिटिभि पुटेजको आधारमा पक्राउ गरी अभियुक्त बर्कत अन्सारीलाई चोरी मुद्दा लगाई थप अनुसन्धान भईरहेको बताएका छन् ।...
मन्त्री पाण्डे तथा मा. काफ्लेद्वारा भौतिक संरचनाको संयुक्त निरीक्षण

मन्त्री पाण्डे तथा मा. काफ्लेद्वारा भौतिक संरचनाको संयुक्त निरीक्षण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख - प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगन्जस्थित भौतिक संरचनाको संयुक्त रूपमा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए। मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे। खेलकुद क्षेत्रले अझसम्म पनि ग...
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यन्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो । विहीबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्था...