Tuesday, October 22सत्यम खबर
Shadow

प्रदेश ३

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

आस्था, खेल, प्रदेश ३, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमान स्थल पुगेरै स्वागत गर्नु भएको हो । खेलाडीहरुको हौसला बढाउन बिमान स्थल पुग्नु भएका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनु भएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष...
एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ पौष - सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टि...
“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १३ पुष – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुप मै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताउनु भएको हो ।“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भन्नुभयो, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गर्नुभयो । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुल...
चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

CoVid19, आस्था, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जुम्ला, १२ पाैष - चन्दननाथ नगरपालिका जुम्लालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्न खोप अभियानलाई तिब्रता दिइनेभएको छ । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापासँगको भेटघाट तथा छलफलको क्रममा कोभिड १९ बिरुद्धको खोप लगाउन छुटेका सबै नागरीकहरुलाई खोप लगाउन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । हाल सम्मको प्रगति आकलन गरि छुटेका ब्यक्तिहरुलाई सहज रुपमा खोप लगाउनेगरी तयारी गर्ने निमित्त प्रमुख प्रशासकिय अधिृकत क्षेत्र बहादुर बुढ्थापाले जनाएका छन् । नगरपालिकाले सञ्चालन गर्ने शत प्रतिशत अभियानलाई प्रभावकारि बनाउन आवश्यकता अनुसार युवाहरु परिचालन गर्ने समेत छलफलले निष्कर्ष निकालेको छ । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले नगरपालिकाले सञ्चालन गर्ने अभियानमा स्वयम् सेवक परिचालन व्यवहारका लागि सञ्चार कार्यक्रम अन्तरगत गर्ने जनाए...
झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी सम्पन्न

झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार, समाज
झापा, ५ पौष – मुक्तक सागर त्रैमासिक पत्रिकाको आयोजनामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आईतबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र मुक्तकसागरका सम्पादक निशा के.सी.ले आचार्यलाई मुक्तकसागर साहित्य सम्मान अर्पण गरेका थिए । आचार्य चार दशकभन्दा बढी समयदेखि साहित्यसेवामा समर्पित छ्न् ।कार्यक्रममा मुक्तककारहरू होम सुवेदी, विमल वैद्य, कृष्ण निराकार, देवीचरण भण्डारी, टंक विकल्प, लीला अनमोल, रुद्र अधिकारी, लक्ष्मी रायामाझी, चित्रा कोइराला, लक्ष्मी आचार्य, अम्बिका खरेल उप्रेती, मदन भण्डारी, अनवर अली, लक्ष्मी अच्युत ढुङ्गाना, मनु विश्वकर्मा, भिजन गुरागाइँ, पुष्पा प्रकृति, उमेश विरोधी, पदम निरौला, विकास शिवा, सविन सिटौला, तुलसीप्रसाद भट्टराई , पवन ढुङ्गेल, पुष्...
आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आर्थिक, प्रदेश ३, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, ५ बैशाख – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको संस्थाले जनाएको छ ।सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर...
मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

आर्थिक, प्रदेश ३, श्रम/रोजगार, समाचार
पर्वत, २५ फागुन – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विक...
सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु पर्छ : जिसी

सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु पर्छ : जिसी

आर्थिक, प्रदेश ३, श्रम/रोजगार, समाचार
स्याङ्जा, १७ फागुन – राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठांै वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उहाँको भनाइ थियो ।सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उहाँले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गर्नुभयो । सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै उहाँले सहकारीमार्फत व्य...
भ्रामक समाचार नफैलाउन नवप्रवेशी नेता हलवाईकाे चेतावनी

भ्रामक समाचार नफैलाउन नवप्रवेशी नेता हलवाईकाे चेतावनी

प्रदेश ३, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० माघ - राजपा बाँकेका युवा नेता गुलाम हुसैन हलवाई (फिरोज) ले जसपामा प्रवेश गर्नु भएको छ । शनिवार अपरान्ह जनता समाजवादी पार्टी बाँकेको कार्यालयमा आयोजित एक समारोहमा पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले फिरोजलाई दोसल्लाअबिर लगाई पार्टी प्रवेश गराउनु भएकाे छ । सो अवसरमा बोल्दै नेता हलवाईले समाजवादी पार्टी र राजपाविच एकता भएपनि जिल्लास्तरमा पार्टी समायोजनका लागि राजपाका नेताहरुले कुनै कार्य नगरेकोले राजपाबाट राजिनामा दिएर सिधै जनता समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो । उहाँले एउटा स्थानीय अनलाइनले जसपाबाट राजिनामा दिएको भनि आफ्नो बारेमा गलत भ्रामक र झुठो प्रचार गरेको जनाउँदै सो बारे कडा आपत्ती समेत जनाउनुभयो । उहाँले त्यस्ता तथ्यहिन समाचार प्रकाशन गर्ने अनलाइनलाई सत्यतथ्य जानकारी लिई अामजनतालाई भ्रम नफैलाउन चेतावनी दिनुभएको छ । ...