Friday, October 2सत्यम खबर
Shadow

प्रदेश ३

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

आस्था, खेल, प्रदेश ३, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमान स्थल पुगेरै स्वागत गर्नु भएको हो । खेलाडीहरुको हौसला बढाउन बिमान स्थल पुग्नु भएका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनु भएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष...
एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ पौष - सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टि...
“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १३ पुष – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुप मै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताउनु भएको हो ।“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भन्नुभयो, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गर्नुभयो । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुल...
चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

CoVid19, आस्था, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जुम्ला, १२ पाैष - चन्दननाथ नगरपालिका जुम्लालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्न खोप अभियानलाई तिब्रता दिइनेभएको छ । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापासँगको भेटघाट तथा छलफलको क्रममा कोभिड १९ बिरुद्धको खोप लगाउन छुटेका सबै नागरीकहरुलाई खोप लगाउन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । हाल सम्मको प्रगति आकलन गरि छुटेका ब्यक्तिहरुलाई सहज रुपमा खोप लगाउनेगरी तयारी गर्ने निमित्त प्रमुख प्रशासकिय अधिृकत क्षेत्र बहादुर बुढ्थापाले जनाएका छन् । नगरपालिकाले सञ्चालन गर्ने शत प्रतिशत अभियानलाई प्रभावकारि बनाउन आवश्यकता अनुसार युवाहरु परिचालन गर्ने समेत छलफलले निष्कर्ष निकालेको छ । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले नगरपालिकाले सञ्चालन गर्ने अभियानमा स्वयम् सेवक परिचालन व्यवहारका लागि सञ्चार कार्यक्रम अन्तरगत गर्ने जनाए...
झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी सम्पन्न

झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार, समाज
झापा, ५ पौष – मुक्तक सागर त्रैमासिक पत्रिकाको आयोजनामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आईतबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र मुक्तकसागरका सम्पादक निशा के.सी.ले आचार्यलाई मुक्तकसागर साहित्य सम्मान अर्पण गरेका थिए । आचार्य चार दशकभन्दा बढी समयदेखि साहित्यसेवामा समर्पित छ्न् ।कार्यक्रममा मुक्तककारहरू होम सुवेदी, विमल वैद्य, कृष्ण निराकार, देवीचरण भण्डारी, टंक विकल्प, लीला अनमोल, रुद्र अधिकारी, लक्ष्मी रायामाझी, चित्रा कोइराला, लक्ष्मी आचार्य, अम्बिका खरेल उप्रेती, मदन भण्डारी, अनवर अली, लक्ष्मी अच्युत ढुङ्गाना, मनु विश्वकर्मा, भिजन गुरागाइँ, पुष्पा प्रकृति, उमेश विरोधी, पदम निरौला, विकास शिवा, सविन सिटौला, तुलसीप्रसाद भट्टराई , पवन ढुङ्गेल, पुष्...