Monday, April 20सत्यम खबर
Shadow

१ दर्जन बढी घाईते, के पीडितले न्याय पाउने छन् ? कहाँ छन् सद्भावका ठेकेदारहरु ?

नेपालगन्ज, ९ माघ – सोमबार २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्रीराम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगन्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाउ“का १६ जना घाइते भएका छन् ।
सोमबार हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको श्रीराम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही समुहले सदभाव माथि आँच आउने किसिमले गतिविधिमा सक्रिय रहेको देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ मा भएको झडपमा आठ जना घाइते भएका छन् । साझ भएको झडपमा घाइते भएकाहरुलाई भेरी अस्पताल ल्याइएको थियो । भेरी अस्पतालमा छ जनालाई ल्याइएको र अन्य दुई जना नेपालगन्ज २१ को वडा कार्यालय नजिकै रहेको मेडिकलमा उपचार पश्चात घर फर्किएका थिए । जसमा एक ७ वर्षका बालक पनि थिए ।


राति १० बजेको समयसम्म ६ जना भेरी मै उपचाररत थिए । घाइते हुनेमा नेपालगन्ज २१ घरभएकी नन्कनी पासी, माया पासी, रिना पासी, चन्द्र रैदास, जगु धोवी, प्यारी वर्मा रहेका छन् । नन्कनी पासीको औलामा चोट लागेको छ । यस्तै, मायाको गालामा काटिएको छ । रिनाको टाउकोमा, प्यारीको टाउकोमा गहिरो चोट लागेको र उनको ११ वटा टाका लागेको चिकित्सकले बताए ।
पासी टोलमा बस्दै आएका उनीहरुले मुस्लिम समुदायका केही व्यक्तिले आएर कुटपिट गरका मिडिया समक्ष बयान दिएका छन् । मायाले सत्यमखबर डटकमलाई जानकारी गराउँदै भनिन्, ‘घरको आँगनमा परिवार सहित बसिरहेको थिए । अचानक केही व्यक्ति आएर कुटपिट गरेको तथा बुहारीलाई जोगाउने बेला मेरो हातमा ईट्टा लागेको बताईन् ।’


चन्द्र रैदासले भने, ‘भगवान श्रीराम चन्द्र जीको प्रसाद बाड्दै थिए । हुलमा आएको समुहले बाजा फुटाई दियो । लठ्ठी र ढुंगा चलाउन थाले ।’ पिडितका अनुसार उक्त हुलमा पुरैना मै बस्ने खानबहादुर, शेरबहादुर, मनबहादुर, छब्बन मनिहारका ३ जना छोरा लगायत रहेका जनाएका छन् ।
यस्तै, डुडुवा गाँउपालिकामा समेत झडप भएको छ । डुडुवाको बेतहानी, जाफरपुवा चौरहा, उच्वामा झडप भएको हो । जसमा चार जना घाइते भएका थिए । उनीहरुलाई नेपालगन्ज स्थित नर्सिङ होममा ल्याइएकोमा दुई जनालाई उपचार पश्चात घर फर्काइएको छ भने अन्य दुई जना उपचाररत रहेका छन् । उपचाररत मध्ये लक्ष्मण तेलीको खुट्टा भाँचिएको छ भने अर्को एक जनाको नाकमा चोट लागेको छ ।


उपचाररत तेलीले भने, ‘मुस्लिमहरु समुह योजनाबद्ध तरिकाले एक तर्फ थिए । फर्किने बेलामा उनीहरु ईट्टा प्रहार गरिदिए । अजमलको घरका थिए सबै ।’
मुस्लिम समुदायका केही व्यक्तिले सदभाव विथोल्न ईमरजेन्सीमा गुड्ने एम्बुलेन्समा समेत ढुंगामुढा गरेको पिडितले जानकारी गराएका छन् ।
यस्तै सोमबार दिउँसो करीब ४ बजेतर्फ पच्चपोखरातर्पmबाट आएको ¥यालीमाथि जयसपुर बस्ने ५–६ जनाले ढुंगामुढा गरेका थिए । जसमा ४ जना सामान्य घाईते भएर उपचारपछि आ–आप्mनो घरतर्फ फर्केका छन् ।


यस अघि पनि नेपालगन्जमा दुई समुदाय बीच झडप भएको थियो । गत असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाट्सको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ¥यालीका कारण उत्पन्न परिस्थिती एवं त्यस पश्चात ओमकार परिवार हिन्दु समाजले ¥याली निकाल्ने क्रममा विवाद उत्पन्न हुदाँ दुवै समुदाय बीच दरार आएको थियो । जस पश्चात बाध्यतावस प्रशासनले लगत्तै कफ्र्यु जारी गरेको थियो ।


प्रशासनले नै दियो बढावा ?
उक्त विवाद उत्पन्न गर्ने तत्वहरुलाई अहिलेसम्म पनि कानुनी उपचारमा बाध्न प्रशासन पछि हटेकै कारण फेरी उक्त समुदायका केही व्यक्तीले उच्छृंखल गतिविधि गर्दै प्रशासनलाई नै चुनौती दिएको समुदाय स्तरका जानकारले बताउँछन् ।


कडा निग्रानीका बाबजुद पनि झडप ?
२२ जनवरी नजिकिए सँगै पुनः विगत कै घटनालाई दोहोरिन नदिन प्रशासनले कडा सुरक्षाको व्यवस्था गरेको दावी गरेको थियो । तर प्रशासनले हिन्दु समुदायलाई अझै पनि सुरक्षा दिएको महसुस गर्न नपाएको पीडितले बताए । पर्व पनि कडा सुरक्षाका बीच मनाउन बाध्यता आएको उनीहरुको भनाई छ । प्रहरी लगाएर मनाईने पर्वलाई के को ? पर्व भन्ने समुदायस्तरबाट प्रश्न उठिरहेको छ । आज पनि नेपालगन्जमा सुरक्षा कडा चुस्त बनाउन जिल्ला बाहिरबाट सुरक्षाकर्मीको प्रबन्ध गरिएको भए पनि प्रशासनले सुरक्षा दिन फेल खाएको छ ।
यस अघि असोजमा भएको घटनामा जिल्ला प्रमुख बिपिन आचार्य र प्रहरी प्रमुख सन्तोष सिंह राठौर फेरिएका थिए । विगतमा पनि प्रशासनले सुरक्षा व्यवस्थापनमा फेल खाएको विषयमा भएको चौतर्फी विरोध पछि तत्कालिन एसपी राठौर र प्रमुख जिल्ला अधिकारी आर्चाय सरुवा भएका थिए । जस पश्चात सरकारले एसपीमा सुबास बोहरा र प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको छ ।

सदभाव विथोल्नेलाई प्रशासनले कार्वाही गर्ला ?
जिल्लाका विभिन्न स्थानमा सोमबार भएको घटनाको मुख्य दोषी उपर कार्वाही हुन्छ वा हुन्न ? चासोको विषय बनेको छ । विगतमा प्रशासनले दोषी उपर कार्वाही गर्न नसकेपछि यति बेला पीडित झन पिडामा छन् ।
उनीहरु भन्छन, ‘हामी हाम्रो पर्व शान्ति रुपमा मनाउन पाउँदैनौं । प्रशासनले दोषी उपर कार्वाही नै नगरेपछि सुरक्षाको अनुभुति के आधारमा गर्ने ? हामी माथि कहिले सम्म अत्याचार हुने हो ? पर्व मनाउन पनि प्रहरी चाहिन्छ अब ?’
सोमबार नेपालगन्ज क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । विभिन्न स्थानमा भएको झडपको मुख्य दोषी उपर अझै पनि कुनै ठोष कदम चालेको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *