
नेपालगन्ज, २२ भाद्र – भाद्र २२ गते प्रत्येक वर्ष झै बांकेमा निजमती सेवा दिवस विविध कार्यक्रमका साथ मनाईएको छ ।
बिहान सात बजे जिल्ला प्रशासन कार्यालय बांकेको हातामा कर्मचारीहरु जम्मा भई व्यावसायिक र सिर्जनसिल प्रशासन विकास, समृदि र सुशासन नारा लेखिएको व्यानर तथा मुस्कान सहितको सेवा नागरिकलाई टेवा, प्रविधिको उपयोग गरौ सेवाको लागत घटाऔ, प्रभावकारी सेवा प्रवाहका लागि जनसहभागिता, समन्वय र सहकार्य, लोकतान्त्रिक शासन नागरिक मैत्री प्रशासन, जनसेवा हाम्रो प्रतिबद्धता, जनताका लागि प्रशासन, शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार, जनतालाई सेवा सुशासनलाई टेवा, जनमुखी प्रशासन अनुशासन र सुशासन, सुशासन र सदाचार निजामती सेवाको आधार, निजामती सेवाको मान्यता अनुशासन, इमानदारी र नैतिकता, सेवामैत्री प्रशासन, संघीयतामा सुशासन, स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धी र सुशासन जस्ता नाराहरु लेखिएका प्ले कार्ड र व्याण्ड बाजा सहितको प्रभादफेरी सदरलाईन, त्रिभुवनचोक, इदगाहा रोड, वीपीचोक, नेपालगन्ज नरसिंह क्याम्पस हुदै भेरी प्राविधिक शिक्षालयको सभाहलमा गई कार्यक्रममा परिणत भएको थियो ।
बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सभापतित्वमा सुरु भएको निजमती सेवा दिवसको कार्यक्रमका प्रमुख अतिथी बांके जिल्ला अदालतका न्यायधीश भिष्मराज प्रसाई हुनु हुन्थ्यो । कार्यक्रमका अतिथीमा बांकेका प्रमुख कोष नियन्त्रक मोहनसरण भण्डारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाशबहादुर थापा, बांकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पतालका प्रमुख नरसिंङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, बांकेका प्रहरी प्रमुख तुलबहादुर कार्की, शसस्त्र प्रहरी बलका बांके प्रमुख विमल डांगी, राष्ट्रिय अनुसन्धानका बांके प्रमुख ओमबहादुर खड्का, निजामती कर्मचारीहरुको आधिकारीक कर्मचारी ट्रेड यूनियनका अध्यक्ष चिरञ्जीबी पाण्डे, नेपाल निजामती कर्मचारी कर्मचारी संगठन बांकेका अध्यक्ष देबिलाल चौलागाई, नेपाल निजामती कर्मचारी कर्मचारी यूनियन बांकेका कार्यवहाक अध्यक्ष बेदेश्वर गौतम, राष्ट्रिय निजामती कर्मचारी कर्मचारी संगठनका भोजबहादुर रावल रहनु भएको थियो । कार्यक्रमको संचालन कर्मचरी मिलन केन्द्र बांकेका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले गर्नु भएको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथी लगायतका अतिथीहरुले नेपालमा २००७ सालको परिवर्तन पछि २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन तथा नियमावली जारी गरेर व्यवस्थीत रुपमा निजामती सेवाको जग राख्ने काम गरेको बताउँदै हाल आएर आम जनतामा निजमती सेवाको छवी त्यती राम्रो हुन सकेको छैन । यसका लागि हामी सबैले बेलैमा सोच्नु पर्छ । जनता मालिक र कर्मचारीहरु सेवक भई सके पछि जनतालाई केन्द्र्र विन्दुमा राखेर सेवा प्रवाह गर्नु पर्छ भन्नु भयो ।
मन्तव्यका क्रममा बांके स्थीत ट्रेड यूनियनका पदाधिकारीहरुले संसदमा बिचाराधिन निजामती सेवा ऐन यथासिघ्र जारी हुनु पर्ने, कर्मचारीहरुलाई दैनिक आवश्यकता धान्न पुग्ने खालको सेवा सुविधा दिनु पर्ने, उचित दण्ड पुरस्कार, नियमित बृति विकास, पुर्वानुमान योग्य सरुवा प्रणालीको व्यवस्था हुनु पन, तिनै तहका सरकारले कानून सम्मत चल्ने कर्मचारीतन्त्रमा अनुचित हस्तक्षेप गर्न नहुने जस्ता धारणा राख्नु भएको थियो ।
निजामती सेवा दिवसको पूर्व सन्ध्यामा बांके जिल्लामा भाद्र्र २० र २१ गते कार्यालय हाताको सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत, फलफूलका बृक्षा रोपण, पहिलो सेवाग्राही सम्मान लगायतका कार्यक्रम संचालन गरिएको थियो ।