Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

काेरी समाजकाे आयाेजनामा नि:शुल्क स्वास्थ्य शिविर, २५४ जनाको आँखा जाँच

काेरी समाजकाे आयाेजनामा नि:शुल्क स्वास्थ्य शिविर, २५४ जनाको आँखा जाँच

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ मंसिर - डुडुवा गाउँपालिका वार्ड नं.–६ मा कोरी कल्याण समाज नेपालगन्ज, बाँकेको आयोजनामा डुडुवा गाउँपालिका वार्ड नं.–६ मा आँखाको निःशुल्क मंसीर १५ गते शनिवार सम्पन्न भएको छ । डुडुवा गाउँपालिका वार्ड नं.–६ वडा कार्यालय र नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज सहकार्यमा निःशुल्क आँखाको जाँच शिविर आयोजना गरिएको थियो । डुडुवा गाउँपालिका वार्ड नं.–६ सरस्वती माध्यमिक बिद्यालयको परिसरमा कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेको आयोजनामा गरिएका निःशुल्क आँखाको शिविरमा २ सय ५४ जनामा १ सय ५ जना महिला र १ साय ४९ जना पुरुषले आँखाको जाँच गराई लाभविन्त भएका छन् । जसमध्ये आँखा ३४ जना मोतीबिन्दू बिरामीलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाका लागी रिफर गरिएको समाजका उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) ले बताएका छन् । उक्त निःशुल्क शिव...
वन्यजन्तु प्रभावितहरुका क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

वन्यजन्तु प्रभावितहरुका क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ मंसिर – वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको ‘वातावणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’ का सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । युएसएआइडी÷द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्बाद गरिएको सीसीएनले जनाएको छ । खैरेनीमा विशेष गरी बाँदर, बाघ र हात्तीको आतंक रहेको सहभागीहरुले वताएका थिए । बाँदरले लगाएको तरकारी बाली, सुकाएको अन्नबाली चोरेर खाइदिने गरेको र बाघले जंगलमा बाख्रा चराउन जाँदा र खोर भित्रैका बाख्रा र सुँगुर खाइदिने गर...
संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाज, संयोजक डा.यादवले उठाउनु भयो मधेशको मुद्दा

संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाज, संयोजक डा.यादवले उठाउनु भयो मधेशको मुद्दा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, १५ मंसिर – मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्रकुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राख्नु भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा. यादवले संविधानसभाबाट नयाँ संविधान जारी भएर कार्यान्वयन भइसकेको अवस्थामा पनि नेपालका मधेशीलगायतका अल्पसंख्यक समुदायहरुले समुचित न्याय र अधिकार नपाएको धारणा राख्नुभयो । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजका संस्थापक समेत रहनु भएका डा. यादवले नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएपनि एक तिहाइ जनसंख्या रहेको मधेशी समुदायमाथि राज्यबाट अन्याय र भेदभाव जारी नै रहेको बताउनुभयो । उहाँले मधेशीहरुलाई आवाज विहीन बनाएर राजनीति, व्यापार, सुरक्षा निकाय र मिडिया सहितका क्षेत्रमा खस ...
नेपालगन्जमा सद्भावका लागि गोलमेच बैठक

नेपालगन्जमा सद्भावका लागि गोलमेच बैठक

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ मंसिर – सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आ–आफ्नो तर्फबाट कामगर्ने सामुहिक प्रतिबद्धता गरिएको छ । युएसएआईडि/द एसिया फाउण्डेसन द्धारा सञ्चालित नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगन्जले सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तरगत नेपालगन्जमा गरेको सरोकारवालाहरु बिचको गोलमेच बैठकका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । धार्मिक सद्भावका सवालमा सरोकारवालाहरु बिच भएको छलफल पश्चात धार्मिक सद्भावका बिषयमा सबै धर्मलाई सम्मान (हामी सबै भाईभाई) को सन्देस प्रवाहका लागि सक्रिय रहने, सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक सद्भाव झल्किने सन्देस सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने, सद्भावका बिषयमा अभिभावक सचेतनाका लागिआआफ्नो तर्फबाट कामगर्ने, धार्मिक क्षेत्रलाई अपांगता मैत्री बनाउन ...
सुबेदीले सुनाए सफलताका तीन शुत्र

सुबेदीले सुनाए सफलताका तीन शुत्र

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ मंसिर – बास नेपालद्वारा साप्ताहिक रुपमा सञ्चालित कार्यक्रम ईन्सपाईरिंग युथ कार्यक्रममा प्राध्यापक, संस्कृतिबिद् डाक्टर राजकुमार सुुबेदीले उत्प्रेरणात्मक प्रबचन दिएका छन् । डाक्टर सुबेदीले ईन्सपाईरिंग युथ कार्यक्रमको ३२१ औं श्रृंखला कार्यक्रममा बोल्दै आफ्नो संघर्षको कथा सुनाए । उनले युवाहरुलाई उत्प्रेरणा दिदै सफलताका तीन शुत्र लागु गरे जीवन सफल हुने बताए । लक्ष्यमा प्रष्टता, कडा मेहनत, असल सम्बन्ध सहितको उच्च प्रतिबद्धता कार्यान्वयन गर्न सक्ने सबै व्यक्ति सफल हुने उनले बताए । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रम बोल्दै डाक्टर सुबेदीले भने –लक्ष्यमा पागल जो बन्छन् उनी सफल हुन्छन् । एउटा लक्ष्य लिनुहोस्, लक्ष्य प्राप्तिका लागि यति मेहनत गर्नुहोस् की संसार थाकोस्, तपाईंको जित होस् । आँधिहुरि आएपनि मेहनतमा पछि नपर्न अनुरोध गर्दै डाक...
नेपाल किसान महासंघको संगठन बिस्तार

नेपाल किसान महासंघको संगठन बिस्तार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १४ मंसिर - नेपाली कांग्रेसको भातृ संगठन किसान महासंघले आज एक कार्यक्रम बिच नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ । पुर्व प्रदेश सभासदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारीको प्रमुख अतिथित्यतामा भएको उक्त कार्यक्रम वडा नम्बर १ सभापति महिला नेतृ सिता काफ्लेको सभापतित्व सम्पन्न भएको थियो । नेपाल किसान महासंघको कार्यसमिति गठन घोषणा कार्यक्रममा उपस्थित नेपाली कांग्रेस जिल्लाका प्रभावशाली बक्ता नेताहरुमा नेपाली कांग्रेस पुर्व जिल्ला उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, नेका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, पुर्व तरुण दलका सभापति एवं महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा, नेका नेपालगन्ज उप-महानगर कार्यवाहक सभापति धनराज बर्मा लगायतले किसान कृषि लगायतका सवालमा कृषि क्षेत्रलाई आधुनिकरण- "खेत जोत्ने ...
धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर – राष्ट्रिय एकता अभियान नेपालगन्जले मुस्लिम आयोग खारेजीको माग गर्दै स्थानीय बुद्धिजीवीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी रामाशंकर माधव दासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संगठन महामन्त्री हर्क स्वाँर, र अन्य स्थानीय बुद्धिजीवीहरूले मन्तव्य व्यक्त गरे । कार्यक्रमका अध्यक्ष रामाशंकर माधव दासले भने, “मुस्लिम आयोगले आफ्नो अस्तित्वलाई समाजका सबै वर्गका लागि उपयोगी बनाउन सकेको छैन । अहिलेको समयमा हामीलाई समाजमा समता र एकता कायम राख्न केन्द्रित प्रयास चाहिन्छ, अलगाववादलाई प्रोत्साहन दिने संस्थाहरू होइन ।“ केन्द्रीय अध्यक्ष विनय यादवले मुस्लिम आयोग खारेजीको मागलाई औचित्यपूर्ण ठहराउँदै भने, “हामी कुनै पनि समुदायको विरुद्ध छैनौं, तर यो आयोगले समाजमा साम्प्रदायिक ध्रुवीकरण मात्र बढाएको छ । अब हामीले सबै समुदायला...
कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक

कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १३ मंसिर – प्रधान कार्यालय नेपालगन्जमा रहेको कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडको अवस्था विगतभन्दा धेरै सुधारात्मक तर्फ उन्मुख रहेको पाईन्छ । वर्तमान अवस्थामा कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकहरुमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ भने त्यसो सुधार हुनुमा बैंकका कर्मचारीहरुको अथक मेहनतका साथै निक्षेपकर्ताहरु, शेयरधनी, ग्राहकवर्ग, लगानीकर्ताहरु एवम् शुभचिन्तकहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो भनी बैंकका सेवाग्राहीहरु कै भनाई रहेको पाईन्छ । नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत ऋणात्मक देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको सार्वजनिक प्रेस नोटबाटै सहज रुपमा बुझ्न सकिन्छ । ...
नरैनापुर गापाका विवादित प्रमुख प्रशासकीय अधिकृत चाैधरीकाे सरूवा हुँदा समेत जान अटेरी गर्दै

नरैनापुर गापाका विवादित प्रमुख प्रशासकीय अधिकृत चाैधरीकाे सरूवा हुँदा समेत जान अटेरी गर्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १२ मंसिर - नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मङ्सिर ९ गते सरुवा गरिएको हुँदा जान अटेरी गर्दै आएका छन । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले बाँकेकाे नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चाैधरीकाे सरुवा गरेकाे छ । नरैनापुरमा बिगत केही समय देखि बिवादमा आइरहेका प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश...
अनेमसंघद्धारा दिप प्रज्वलन

अनेमसंघद्धारा दिप प्रज्वलन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० मंसिर - १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत पहिलो दिन मंसीर १०गते लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि.पि.चोक र सेतुविक चोकमा अनेमसंघद्धारा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो । कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको बारेमा जानकारी दिदै म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा हुन दिन्न भन्ने प्रतिबद्धता सबैमा हुन सके महिला हिंसा न्युनिकरण गर्न सकिने बताइन । प्रमुख अथिति पोखरेलले यहि प्रतिवद्धता सहित पुरुषले सेतो रीवन लगाउन शुरुवात गरेको जानकारी गराइन । हामी सबैका प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराकास यस बर्षको लैगिक हिंसा विरुद्धको अभियान नेभेम्वर २५ देखि डिसेम्वर १०सम्म १६ मनाइदै छ । अनेमसंघ जिल्ला अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक...