नेपालगन्ज, १५ मंसिर – बास नेपालद्वारा साप्ताहिक रुपमा सञ्चालित कार्यक्रम ईन्सपाईरिंग युथ कार्यक्रममा प्राध्यापक, संस्कृतिबिद् डाक्टर राजकुमार सुुबेदीले उत्प्रेरणात्मक प्रबचन दिएका छन् ।
डाक्टर सुबेदीले ईन्सपाईरिंग युथ कार्यक्रमको ३२१ औं श्रृंखला कार्यक्रममा बोल्दै आफ्नो संघर्षको कथा सुनाए ।
उनले युवाहरुलाई उत्प्रेरणा दिदै सफलताका तीन शुत्र लागु गरे जीवन सफल हुने बताए । लक्ष्यमा प्रष्टता, कडा मेहनत, असल सम्बन्ध सहितको उच्च प्रतिबद्धता कार्यान्वयन गर्न सक्ने सबै व्यक्ति सफल हुने उनले बताए ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रम बोल्दै डाक्टर सुबेदीले भने –लक्ष्यमा पागल जो बन्छन् उनी सफल हुन्छन् । एउटा लक्ष्य लिनुहोस्, लक्ष्य प्राप्तिका लागि यति मेहनत गर्नुहोस् की संसार थाकोस्, तपाईंको जित होस् ।
आँधिहुरि आएपनि मेहनतमा पछि नपर्न अनुरोध गर्दै डाक्टर सुबेदीले बिदेशमा गएर श्रम बेच्नु जत्तिको मुर्खता अरु केही नभएको बताए ।
उनले युवाहरुलाई लक्षित गर्दै भने –आदरभावm भत्तिभावबाट ओतप्रोत बन्नुहोस् । उनले थपे– संसारमा आफु भन्दा ठूलो मान्छे बनोस् भन्ने चाहना राख्ने आमा, बुवा मात्रै हुन् । जहाँ बढि लगानी हुन्छ, त्यहाँ बढि माया हुन्छ, आमा वुवाको लगानी कहिल्यै चुक्ता गर्न सकिदैन । आमावुवालाई खुशी पार्न नसक्ने सन्तानलाई कहिल्यै सुख हुँदैन ।
५० बढि युवाहरु सहभागि रहेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले मायाको चिनो प्रदान गरेका थिए ।