Monday, December 2सत्यम खबर
Shadow

नेपालगन्जमा सद्भावका लागि गोलमेच बैठक

नेपालगन्ज, १५ मंसिर – सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आ–आफ्नो तर्फबाट कामगर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।
युएसएआईडि/द एसिया फाउण्डेसन द्धारा सञ्चालित नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगन्जले सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तरगत नेपालगन्जमा गरेको सरोकारवालाहरु बिचको गोलमेच बैठकका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

धार्मिक सद्भावका सवालमा सरोकारवालाहरु बिच भएको छलफल पश्चात धार्मिक सद्भावका बिषयमा सबै धर्मलाई सम्मान (हामी सबै भाईभाई) को सन्देस प्रवाहका लागि सक्रिय रहने, सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक सद्भाव झल्किने सन्देस सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने, सद्भावका बिषयमा अभिभावक सचेतनाका लागिआआफ्नो तर्फबाट कामगर्ने, धार्मिक क्षेत्रलाई अपांगता मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका मुलमहन्त चन्द्रनाथ योगीले धार्मिक सद्भावले समाज र राष्ट्रलाई बलियो बनाउने भन्दै सबैले आ–आफ्नो तर्फबाट धार्मिक सद्भावमा काम गर्न अनुरोध गरे । एक अर्का बिचको सम्मानले धार्मिक सहिष्णुता कायम हुने उनको भनाई थियो । उनले बागेश्वरी मन्दिरलाई धार्मिक सद्भावको नमुनाको रुपमा बनाउन लागि पर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा बोल्दै मुस्लिम अगुवा जियाउल मुस्तफाले हरेक धर्मले सम्मान र ईमानदार बन्न सिकाएको बताए । यसैगरी बौद्ध धर्मका धर्मगुरु गुनबहादुर लामाले बौद्ध धर्मले सबै धर्मलाई सम्मान गर्दै आएको छ । धार्मिक सहिष्णुतामा संगै रहेको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का अध्यक्ष राजकुमार शाहु, नेपालगन्ज उपमहानगरपालिकाका उपसचिब तथा युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्खबहादुर थापा, प्रहरी निरिक्षक शिवाथापा लगायतले बोलेका थिए ।

गालमेच बैठकको खुल्ला सत्रमा सहभागि युवाहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । गोलमेच बैठकको उद्देश्य तथा बैठकको खुल्ला छलफलको सहजिकरण नाइसका अध्यक्ष हेमराज भट्टले गरेका थिए ।

नाइसका सहजकर्ता तपेन्द्रबहादुर मलातीले सहजिकरण गरेको कार्यक्रममा स्वागत नाइसका उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए । बैठकमा जनप्रतिनिधि, धर्मगुरु, सुरक्षा निकाय र युवाहरु गरी ३५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *