“खजुरामा एकल महिलाहरुको लागि वर्षमा २ पटक सम्पूर्ण स्वास्थ्य चेकजाँच”
खजुरा, ३ अषाढ – विकासको गतिमा फड्को मार्दै गरेको खजुरा गाउँपालिकामा हाल ६ सय २१ जना ज्येष्ठ नागरिक तथा एकल महिलाहरु रहेका छन् । प्रत्येक ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई ८ वटै वडाबाट बैकिङ्ग सेवामार्फत नेपाल सरकारद्वारा दिने भत्ता उपलब्ध गराउँदै आईरहेको पालिकाले जनाईएको छ ।खजुरा गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने ६६ वर्षिय ज्येष्ठ नागरिक र एकल महिला चित्रलेखा दाहालका अनुसार नेपाल सरकारद्वारा उपलब्ध हुने सेवा हामीले समयमा पाईरहेकोले केही हदसम्म भएपनि हाम्रो समस्या समाधान हुने गरेको छ । तर गाउँपालिकाले हामी जस्तो बृद्ध, ज्येष्ठ नागरिकका लागि घर मै व्यवस्था गर्नुपर्ने देखिन्छ । कोभिड–१९ को बन्दाबन्दामा हामीले दिनभरी लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा सम्बन्धित बैंकले वा गाउँपालिकाको पहलमा घरमै सेवा उपलब्ध गराउन सके अति राम्रो हुने बताउनुभयो ।
फाईल फोटो
यसैगरी, खजुरा ग...









