अपांगता भएकालाई सहायक सामाग्री हस्तान्तरण
खजुरा, १३ अषाढ – मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।
आईतबार खजुरा गाउँपालिकाले मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग र सबै वडाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य गेहेन्द्र धितालले संयुक्तरुपमा सहयाक सामाग्री वितरण गरेका हुन् ।
महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेका अनुसार अति विपन्न परिवारका अपांगता वर्गीकरण ख, ग र घ वर्गका व्हीलचेयर २५ जनालाई, टूाइसाइकल ६ जनालाई, बैशाखी २ जना, रिंगबाला बैशाखी २ जना, सेतोछडी ८ जनालाई गरी ५० जनालाई वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख विकले विभिन्...









