सकिल अहमद
नेपालगन्ज, २९ भाद्र – जानकी गाउपालिका वडा नं १ देखी ६ सम्म बाल विवाह मुक्त घोषणा कायक्रम सम्पन्न भएपछि आज मंगलबार जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको छ ।
“हामी सबैको एक्यबद्धता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ जानकी गाउँपालिका वडा नं ६.मा बाल विवाह मुक्त घोषणा सभामा बालविवाह विरुद्धको एक्वद्धता जनाउँदै सामूहिक हस्ताक्षर समेत गरियोको थियो ।
बालविवाह मुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमा पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले आज मंगलवार गाउँपालिका नै बालविवाह मुक्त घोषणा गरिएकाे बताउनु भयो ।
बालबिबाह मुक्त पालिका घोषणाको विशिष्ठ अथिति जिल्ला प्रमुख अधिकारी शिव राम गेलालले सभामा बोल्दै बाँकेमा पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले गाउँपालिकालाई धन्यवाद दिनुभयाे । साथै जानकी गाउँपालिकामा रहेका विभिन्न संघ-संस्था, क्लब, सञ्जाल तथा यूवालाई धन्यवाद दिनुभएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो- “२० वर्ष उमेर पुगेर मात्र विवाह गर्नु पर्छ तथा पुरानो परम्परामा गरेका बिवाह कुरीति परिचालन सनै उमेरमा विवाह गर्थे, त्यसैले धेरै समस्याको सामना गर्नुपर्ने हुन्थ्याे तर अब कानूनी अनुसार बालबालिकाहरू २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्ने बताउनुभयाे ।”
जिल्ला समन्वय समितीका संयोजक अजय श्रीवास्तवले जिल्लाका लागि यो ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँले जिल्लाका आठ स्थानिय तहहरु मध्ये जानकीले लक्ष्यभित्र पालिकालाई घोषणा गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले विगतका वर्षदेखि बालबिबाह रोकथाम परियोजना सञ्चालन गर्दै आएको परियोजनाका प्रबन्धक जगदीश थापाले जानकारी दिनुभयो । परियोजनामार्फत स्थानीय सरोकारवालाहरुलाई कार्यविधि निर्माणदेखि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
घोषणा समारोहका अवसरमा पालिकामा बालविवाह मुक्त बनाउनका लागि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक, नेकपा एमालेका पदम धिताल , १ देखि ६ नं वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, धार्मिक गुरु, समाजिक अगुवा, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकारलगायत सात सय बढीको उपस्थिति थियो ।