
नेपालगन्ज, २८ भाद्र – विध्नकर्ता मंगल मुत्र्ये भगवान श्री गणेश चतुर्थी पर्व शुक्रवारदेखि शुरु भएको छ । यो पर्व १० दिनसम्म मनाइन्छ । नेपालगन्जको त्रिभुवनचोक, सदरलाईनमा भगवान श्री गणेशजीको पण्डाल सजाइएको छ ।
वैदिक सनातन धर्ममा श्रीगणेशजीलाई प्रथम देउता मानिएको छ । यसै कारणले कुनै प्रकारको पुजा अनुष्ठान गर्दा भगवान गणेशको सबैभन्दा पहिले आव्हान गरी उपासमा गर्ने परम्परा छ । गणेश चतुर्थी पर्वमा भगवान गणेशजीको पुजाआजा गरे यसबाट मनोवाञ्छित फलको प्राप्ति हुने जनविश्वास रहेको छ ।
नेपालगन्जमा गणेश पण्डाल पुजा स्थल दीपक सोनीको अध्यक्षतामा आयोजित भएको छ । १० दिन गणेश प्रतिमाको पुजाआराधना गरेपछि ११ औं दिन सो प्रतिमा नदीमा सेलाइने छ भारतको महाराष्टूमा यो पर्व भव्य रुपले मनाइन्छ नेपालगञ्जमा केही वर्षदेखि गणेश चतुर्थी पर्व निरन्तर रुपमा मनाइने गरिएको छ ।
यहाँ सुनचाँदीको गहना बनाउने कालीगढहरु यस पर्वप्रति विशेष रुझान राखेका छन् । तर जसरी दुर्गा पुजा बढी भव्य ढंगले मनाइन्छ, सो प्रकारको भव्यता यसमा दिन सकिएको छैन ।

