
नेपालगन्ज, ३ फागुन – नेपालको राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी सम्झना शर्माले आफ्नो प्रेमी अभिषेकस“ग बिबाह बन्धनमा बाधिएकी छिन्, उनको बिबाह बाँके जिल्ला अदालतबाट हालै दर्ता भएको छ ।
नेपालगन्ज घर भएकी ब्याडमिन्टन खेलाडी सम्झनाको भारत मुल घर भई हाल अमेरिकामा स्थायी बसोबास गर्ने ३५ वर्षीय अभिषेक कुमारस“ग सामाजिक संजालबाट चिनजान भई माया प्रेम बसी लामो समयसम्म प्रेम सम्बन्ध रही आएकोमा निजहरुले स्थानीय अदालतमा कोर्ट म्यारिज अर्थात दर्ताद्वारा विवाह गरेका हुन् । निजहरुको बिवाहलाई जिल्ला अदालतका माननीय न्यायाधिस खडानन्द तिवारीले प्रमाणीकरण गरि दुबैको भविष्य शुखद होस् भनि शुभकामना समेत दिनु भएको थियो ।

अमेरिका स्थित एक प्रतिष्ठित औषधि निर्माण गर्ने कम्पनीमा अफिसरको रुपमा कार्यरत अभिषेकले प्रेमको कुनै सिमाना नभएको भन्दै आफुले माया गर्ने व्यक्तिको रुपमा नेपाली युवती पाउ“दा निकै हर्सित भएको बताए, निजले नेपाली परिवेशमा स्थानीय बागेश्वरी मन्दिरमा आफ्नो अभिभावक समेतको उपस्थितिमा सा“स्कृतिक र अदालतबाट दर्ता गरि विवाह गर्न पाउ“दा खुसि व्यक्त गरे ।
निजहरुको बिबाह गराउन ढकाल कानुनि सेवा केन्द्रका तर्फबाट कानुन ब्यबसायी अधिवक्ता पूर्णप्रसाद ढकालले समन्वयन गर्नु भएको थियो ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न इच्छा भएको र प्रचलित कानून बमोजिम विवाह गर्नका लागि योग्य रहेको व्यक्तिहरु बीच अदालतबाट दर्ता गरि बिबाह हुन सक्ने प्राबधान रहेको उल्लेख गर्दै अधिवक्ता ढकालले निजहरुमध्ये एक बिदेशी नागरिक भएपनि कानुनद्वारा तोकिएको कागजात भएमा अदालतले बिबाह प्रमाणित गरिदिने बताउनु भयो ।
सम्पति र कानुनि हकको प्रत्याभूति गर्न, महिलाको अधिकार सुनिश्चताको लागि समेत अदालतमा विवाह गर्नु उपयुक्त भएको जानकारहरु बताउ“छन् ।
