Saturday, June 27सत्यम खबर
Shadow

आस्था

भिजन भएको मेयर खोज्दै नेपालगन्जवासी

भिजन भएको मेयर खोज्दै नेपालगन्जवासी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब ।नेपालगन्ज कुनै बेला काठमाण्डौ, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो । वि.सं. २०१७ साल मै नेपालगन्ज नगरपालिका बनिसकेको थियो । तर, पछिल्ला दिनमा नेपालगन्जलाई देशका अन्य शहरहरुले धेरै पछि पारिसकेका छन् ।यति पुरानो र ऐतिहासिक शहर किन पछिल्ला दिनहरुमा पछाडी परिरहेको छ ? जानकारहरु भन्छन्, ‘नेपालगन्ज पछाडी पर्नुको मुख्य कारण नेपालगन्जले दूरदर्शी र प्रभावशाली नेतृत्व नपाउनु हो ।’ नेपालगन्जको विकास कुरा गर्दा दुई पटक मेयर भएका डा. धवलशमशेर राणाले अलिअलि काम गरे । जति हुनुपर्ने त्यति हुन सकेन । किनभने, सानो पार्टीका नेता डा. राणाको केन्द्र र प्रदेश सरकारमा पहुँच भएन ।केन्द्र र प्रदेशमा पहुँच र कर्मचारीतन्त्रमा पकड नभएका नेताले नेपालगन्जवासीले अपेक्षा गरे अन...
निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनुपर्नेमा जोड

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनुपर्नेमा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ बैशाख – स्थानीय निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनका लागि बाँकेका नागरिक समाजले प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगन्जको संयुक्त आयोजनामा निर्वाचन आचार संिहताका बारेमा गरिएको छलफलमा नागरिक समाजले अनुगमनको कार्य गर्ने भएका हुन । छलफलमा स्थानीय निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वतन्त्र बातावरणमा सम्पन्न गर्न र मतदानका क्रममा अपांगता भएका, असहाय, विरामी, जेष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरिने भएको छ ।कार्यक्रमका सहभागीहरुले चुनाव हुन अब केही दिन मात्र बाकी रहँदा अहिले पनि निर्वाचन आचार संहिता उलंघन भईरहेको पाइएकोले सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने भन्दै निर्वाचन आचारसंहितासंग सम्वन्धित क्रियाकलापको बारेमा अनुगमनमा देखिएका कुराल...
जानकी ३ मा शुक्लाको जीत निश्चित छ

जानकी ३ मा शुक्लाको जीत निश्चित छ

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २३ बैशाख – स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा नेकपा एमाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा पार्टीले शुक्रबार जानकी वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गरेको छ ।नेकपा एमाले वडा नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक आबाद सिद्धिकीका अनुसार यस पटकको निर्वाचनमा जनताले अत्यधिक मत दिएर सूर्यध्वाजा बहाक उम्मेदवार बिजयी हुने बताउनु भयो । अध्यक्ष सहित वडाका सबै सदस्य र नेकपा एमालेका नेता कार्यकर्ता सूर्यध्वाजा बहाक उम्मेदवारलाई निर्वाचित गराउन मतदाताको घरदैलोमा पुगेका छन् । पालिका अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताललाई समेत विजयी गराउन वडा नं ३ का मतदाता जुटेको संयोजक आबाद सिद्धिकीले बताउनु भयो । जानकी ३ अन्तर्गत विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको नेकपाबाट जानकी ३ को वडा सदस्य पदका उम्मेदवार बब्लु सिद्दिकीले बताए ।घरदैलोमा न...
हिमान्सुमय हुँदै जानकी गाउँपालिका

हिमान्सुमय हुँदै जानकी गाउँपालिका

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनमा बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार हिमान्सु यादवको घरदैलो अभियानले तिब्रता पाईरहेको छ ।आज शुक्रबार जानकी गाउँपालिका वडा नं. ३ ईन्द्रपुरको विभिन्न टोलमा घरदैलो गर्ने अभियान बीच स्थानीय मतदाताहरुले विभिन्न नारा लगाउँदै पुरै टोल नै हिमान्सुमय बनेको थियो । यसपटक जसरी पनि हिमान्सु यादवलाई नै जानकीको नेतृत्व दिनु पर्ने धारणा जानकी गाउँपालिका वडा नं. ३ का स्थानीय मतदाताहरुले व्यक्त गरेका छन् । यसबीच सत्यमखबरको टीमले समेत प्रमुख पदका उम्मेदवार यादवसँग मतदाताहरु बीच रहेको समस्या तथा त्यसको समाधान कसरी गर्ने बारे चर्चा गरेको थियो । https://www.youtube.com/watch?v=6GYHWVYhOIc सत्यमखबरले राखेको प्रश्नमा सहज हुँदै प्रमुख पदका उम्मेदवार यादवले आफू विजयी भए सरकारीद्वारा पाउने सम्पूर्ण तलब...
परिपक्क नेता, परिपक्क ‘भिजन’

परिपक्क नेता, परिपक्क ‘भिजन’

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – पशुपतिदयाल मिश्र परिपक्क नेताका रुपमा परिचित छन् । लामो राजनीतिक संघर्षबाट आएका उनीसंग विभिन्न तहको शासकीय व्यवस्थापन सम्हालेको अनुभव छ । गाविस अध्यक्ष भएर तल्लो तहका जनताले के विकास चाहान्छन् भन्नेदेखि त्यहा विकास कसरी गर्न सकिन्छ भन्ने अनुभव बटुलेका छन् ।जिल्ला विकास समितिको सभापति हुँदै निजी क्षेत्रका कयौं ठुला सफल प्रोजेक्टलाई मिश्रले नेतृत्व प्रदान गरे । समृद्ध नेपालगन्ज बनाउन के गर्नुपर्छ ? हरदिन यहा हुने छलफलमा उनी सहभागि हुँदै आएका छन् । त्यस्ता विषयहरुको उठान गर्ने मात्र होइन कार्यान्वयन गर्न समेत उनी दिनरात खटिन्छन् । यति स्थानीय तहको निर्वाचन छ । अधिकार सम्पन्न स्थानीय तहले खोज्ने नेतृत्व पशुपतिदयाल मिश्र जस्तै परिपक्क र अनुभवी नेता भएको बताउछन्, बिज्ञहरु बताउँछन् । राजनीतिको आवेगबाट आएका आलाकाचोहरु नेतृत्वमा पुग्दा त्यसले स्थानीय तहको मर्म बुझ्न नसक...
जानकीमा काँग्रेसको जित निश्चित

जानकीमा काँग्रेसको जित निश्चित

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २३ बैशाख – जानकी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँको जित निश्चित भएको मतदाताहरुले बताएका छन् ।यस पटकको निर्वाचनमा खाँले बहुमत ल्याएर विजयी बन्ने बताउनु भएको छ । गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रममा हिड्नु भएका खाँले यसपटकको निर्वाचनमा जनताले काँग्रसलाई विश्वास गरेको बताउनु भयो । त्यस्तै नेपाली काँग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवले पनि यसपटक काँग्रेसले जानकीवासीको सेवा गर्ने मौका पाउने बताउनु भयो । यादव जानकीको सुस्त विकासलाई तीव्र गतिमा लैजान जनताले कांग्रेसलाई जिताउने बताउनुभयो । घरदैलो कार्यक्रम अन्तर्गत आज शुक्रबार पनि काँग्रेस उम्मेदवारहरु दिनभर व्यस्त नै रहेका थिए । यसअघि जानकी गाउँपालिका वडा नम्बर १, २ मा घरदैलो गरीएकोमा आज वडा नम्बर ६ को कोठारपुर्वा, भाटनपुरलगायत स्थानमा घरदैलो सम्पन्न गरिएको छ । आज पालि...
सिक्नुपर्ने संस्कारः प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिंदै हिमान्शु यादव

सिक्नुपर्ने संस्कारः प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिंदै हिमान्शु यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २३ बैशाख – नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमण मै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकी बीच झगडा हुन्छ । तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान गरिरहेका यादवले प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद दिए । त्यो दृश्य देख्ने जोकोहीले यादवले राजनीतिमा अनुशासनको पाठ सिकाएको भन्दै प्रशंसा गरेका छन् । जसपाको उम्मेदवार राजीब कुर्मीका बुवा प्रेम कुर्मीलाई उनले ढोगेका थिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यादवले देखाएको राजनीतिक अनुशासन उदाहरणीय भएको बताए । उनले भने– ‘यो राजनीतिक संस्कार नेपालमा अभाव हुँदै गएको छ, हिमान्शु उदाहरण बने ।’...
समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको विकास गर्नेः हिमान्सु यादव

समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको विकास गर्नेः हिमान्सु यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २३ बैशाख – जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुन । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् । जिल्लाको सबैभन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा छन् । यादवले जानकी गाउँपालिकालाई पश्चिम कै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने बताएका छन् । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अध्यक्ष पदका प्रत्यासी यादब जनताको मन जित्दै घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।अध्यक्षका प्रत्यासी यादवको दैनिकी जिवन अचेल बिहानै देखी साँझसम्म जनताको घरदैलो अभियानमा जनतासंग प्रत्यक्ष भेटघाटमा बितिरहेको बताउँछन् । अध्यक्षका प्रत्यासी यादब जनताको घर–घर बस्ती बस्तीमा पुगेर र जनतासँग...
“यहाँको आर्शिवाद मेरो लागि अमुल्य छ” पशुपतिदयाल मिश्र

“यहाँको आर्शिवाद मेरो लागि अमुल्य छ” पशुपतिदयाल मिश्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदको उम्मेदवार शान्ति ढकाललाई वडा नंं. २० अर्थात मनिकापुरमा शुक्रवार भब्य स्वागत गरिएको छ ।बिहानै घरदैलोका लागि मनिकापुरमा पुग्दा त्यहाँका स्थानीयले निधारमा टिका र फुलगुच्छाले स्वागत गरे । जितको शुभकामना दिंदै स्थानीयले विकासको प्रतिवद्धता पनि खोजेका छन् । सबैभन्दा धेरै मतदाता भएको वडामा स्थानीयले गरेको स्वागतप्रति मेयर उम्मेदवार मिश्र र उपमेयर उम्मेदवार ढकालले कृतज्ञता व्यक्त गरे । मिश्रले भने,–‘यहाँको आर्शिवाद मेरो लागि अमुल्य छ । म सधैं यहाँहरुको साथ मै छु ।’ मनिकापुरको घरदैलोबाट आफु उत्साहित भएको उपमेयर उम्मेदवार ढकालले बताइन् ।...
युवामाझ चर्चाको बिषय बनेको पशुपतिदयाल मिश्रको मुद्दा

युवामाझ चर्चाको बिषय बनेको पशुपतिदयाल मिश्रको मुद्दा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज–१ का फातिमा खातुनलाई अबको स्थानिय चुनावबाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । युवाहरुमा बढ्दो बेरोजगारि सँगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगन्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो भन्छिन् उनी ।फातिमा आफै पनि एक उद्यमी हुन् । उनी उद्यम गर्न चाहाने युवाहरुको समस्या स्थानीय सरकारले नबुझिदिंदा आईपर्ने समस्याका बारेमा जानकार छिन् । यसकारण पनि नगरका युवाहरुलाई उद्यमशिलतामा जोड्ने नेताको आवश्यकता रहेको उनी बताउँछिन् । नेपालगन्ज कै लक्ष्मी पंगाली पनि युवाहरुलाई दिशा निर्देश गर्न सक्ने भिजन र मिशन भएको नेताले जिते मात्रै नेपालगन्जको मुहार फेर्न सकिने बताउँछिन् ।‘नेपालगन्ज उप–महानगरपालिका बाँके जिल्लाको मात्रै नभई क...