
नेपालगन्ज, २३ बैशाख – पशुपतिदयाल मिश्र परिपक्क नेताका रुपमा परिचित छन् । लामो राजनीतिक संघर्षबाट आएका उनीसंग विभिन्न तहको शासकीय व्यवस्थापन सम्हालेको अनुभव छ । गाविस अध्यक्ष भएर तल्लो तहका जनताले के विकास चाहान्छन् भन्नेदेखि त्यहा विकास कसरी गर्न सकिन्छ भन्ने अनुभव बटुलेका छन् ।
जिल्ला विकास समितिको सभापति हुँदै निजी क्षेत्रका कयौं ठुला सफल प्रोजेक्टलाई मिश्रले नेतृत्व प्रदान गरे । समृद्ध नेपालगन्ज बनाउन के गर्नुपर्छ ? हरदिन यहा हुने छलफलमा उनी सहभागि हुँदै आएका छन् । त्यस्ता विषयहरुको उठान गर्ने मात्र होइन कार्यान्वयन गर्न समेत उनी दिनरात खटिन्छन् ।

यति स्थानीय तहको निर्वाचन छ । अधिकार सम्पन्न स्थानीय तहले खोज्ने नेतृत्व पशुपतिदयाल मिश्र जस्तै परिपक्क र अनुभवी नेता भएको बताउछन्, बिज्ञहरु बताउँछन् । राजनीतिको आवेगबाट आएका आलाकाचोहरु नेतृत्वमा पुग्दा त्यसले स्थानीय तहको मर्म बुझ्न नसकेर जनताले दुःख पाएको तितो यथार्थ छदैछ । नेपालगन्जले भने त्यस्तो गल्ती गर्न नहुने धेरैको ठम्याईछ । लहडका भरमा हिड्नेलाई स्थानीय तहको नेतृत्व सुम्पिनुहुन्न भन्ने मनोबिज्ञान देशभर छ ।
पशुपतिदयाल मिश्र नेपालगन्जको विकासका सवालहरुमा खरो उत्रिन्छन् । शासकीय नेतृत्व तहमा पुगेर यहाको विकासको नेतृत्व लिन पटक–पटक उनी जनताबाट अनुमोदित हुन चाहिरहेका छन् । राजनीतिमा अनेक आरोह अवरोह झेलेका मिश्रले यसपटक नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । मिश्रले मतदाता माझ आफ्ना परिपक्क भिजन राखेर मत मागिरहेका छन् । मिश्रले ल्याएका योजनाहरु न्या छन् तर यथार्थपरक । जनताको प्रत्यक्ष चासो रहेका बिषयलाई आफुले उठान गरेको मिश्र बताउँछन् ।
