पशुपति र शान्तिको पक्षमा नेपालगन्जमा मार्चपास
नेपालगन्ज, २५ बैशाख – नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालले नेपालगन्जको मुख्य बजार क्षेत्रमा मार्चपास गरेका छन् । नेता कार्यकर्ता सहित मिश्र र ढकालका पक्षमा सर्मथकहरुले मार्चपास गरेका हुन ।
धम्वोझीबाट शुरु भएको मार्चपास घरवारीटोल, बागेश्वरी मन्दिर, त्रिवेणीमोड, त्रिभुवन चोक, भेरी अस्पतालरोड हुँदै गणेशमान चोकमा कोणसभामा परिणत भएको थियो । मार्च पासमा समर्थकहरुको उल्लेखिय सहभागिता रहेको थियो ।नेपालगन्जको विकासका लागि मत दिन मिश्र र ढकालले अनुरोध गरे । मार्चपास केन्द्रीय मोहमद हारुन, दिपा शर्मा, युवा नेता रबिन्द्र लम्साल, मधुसुदन शर्मा, नगर अध्यक्ष दत्तप्रसाद आचार्य, मोहित शाह लगायतको सहभागिता रहेको थियो ।सडकमा उम्मेदवारहरुले हात जोडेर हिडेका थिए भने समर्थकहरुले नारा लगाएका थिए ।...









