Friday, December 12सत्यम खबर
Shadow

“यहाँको आर्शिवाद मेरो लागि अमुल्य छ” पशुपतिदयाल मिश्र

नेपालगन्ज, २३ बैशाख – नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदको उम्मेदवार शान्ति ढकाललाई वडा नंं. २० अर्थात मनिकापुरमा शुक्रवार भब्य स्वागत गरिएको छ ।
बिहानै घरदैलोका लागि मनिकापुरमा पुग्दा त्यहाँका स्थानीयले निधारमा टिका र फुलगुच्छाले स्वागत गरे । जितको शुभकामना दिंदै स्थानीयले विकासको प्रतिवद्धता पनि खोजेका छन् ।


सबैभन्दा धेरै मतदाता भएको वडामा स्थानीयले गरेको स्वागतप्रति मेयर उम्मेदवार मिश्र र उपमेयर उम्मेदवार ढकालले कृतज्ञता व्यक्त गरे । मिश्रले भने,–‘यहाँको आर्शिवाद मेरो लागि अमुल्य छ । म सधैं यहाँहरुको साथ मै छु ।’ मनिकापुरको घरदैलोबाट आफु उत्साहित भएको उपमेयर उम्मेदवार ढकालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *