Thursday, May 7सत्यम खबर
Shadow

जानकीमा काँग्रेसले नै किल्ला गाड्छः छब्बन खाँ

जानकी, २५ बैशाख – बाँकेको जानकी गाउँपालिकामा चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु कसरतरत छन् । मतदाताहरुलाई आफ्ना कार्ययोजना सुनाउँदै उम्मेदवारहरु घरदैलोमा हिंडिरहेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवारहरुले पनि मतदातालाई भेटेर आफूलाई निर्वाचित गराउन आग्रह गरिरहेका छन् । जानकी गाउँपालिकामा विकास र समृद्धिलाई नयाँ शिराबाट अघि बढाउन काँग्रेसलाई जिताउनुपर्ने काँग्रेस उम्मेदवारहरुको आग्रह छ ।
काँग्रेसका अध्यक्ष उम्मेदवार छब्बन खाँले जानकीमा अब कांग्रेसलाई जिताउनुपर्ने मत बलियो बन्दै गएको आफूले पाएको बताए ।

“जे सोचेर एमालेलाई जितायौं, त्यो हुन सकेन, विकास गर्ने, जनताका पिर–मर्का सुन्ने पार्टी कांग्रेस नै रैछ, अब त हाम्रो रोजाई कांग्रेस नै हो भनेर मतदाताहरुले हामीसंग भनिरहनुभएको छ, त्यसैले जानकीमा यो पटक काँग्रेसले किल्ला गाड्छ,” खाँले भने ।
मतदाताहरुले कांग्रेसका उम्मेदवारहरुप्रति भरोसा गरेकाले आफूहरुको जित सुनिश्चित रहेको उपाध्यक्षकी उम्मेदवार रामप्यारी यादवले बताइन् । खाँ र यादबले आज वडाका उम्मेदवाहरुसँगै वडा नम्बर २ र ३ का विभिन्न गाउँहरुमा घरदैलो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *