
जानकी, २४ बैशाख – आगामी ३० गते मा हुने स्थानीय तहको निर्वाचन २०७९ मा जानकी गाउँपालिका नेपाली काँग्रेसको प्रमुख पदका उम्मीदवार छब्बन् खाँको जीत सुनिश्चित भएको गाउँपालिकाबासीको भनाई रहेको छ ।
छबन खाँको नेतृत्त्वको प्यानल मतदाताको घरदैलो अभियानको क्रम मतदातासँग भेटघाट गर्दा यस पटक नेपाली काँग्रेस बाहेक अरु कसैको नेतृत्त्व स्वीकार नहुने मतदाताले बताएका छन् ।
यस पटकको निर्वाचनमा गाउँपालिका प्रति जिम्मेवार योग्य व्यक्तिहरूलाई निर्वाचनमा मतदान गर्ने सबैको माग रहेकोले माग स्वरूप यस गाउँपालिकमा छब्बन खाँको नेतृत्वको टीमलाई बहुमतबाट बिजयी गराउन हामी सबै लागि पारेको गाउँपालिकाबासीले बताएका छन् ।
यस पटक भने जात, धर्म, बर्ग, समुदायको आधारमा नभएर योग्यता, कार्यकुशलता, कार्यगत क्षमताको आधारमा मतदान गर्ने गाउँबासीले बताएका छन् ।
काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार छब्बन खाँ, उपाध्यक्षका उम्मेदवार रामप्यारी यादव, वडा नम्बर २ का वडाअध्यक्षका उम्मेदवार अनिलकुमार वर्मा, वडा सदस्य विश्राम बढही, राम धिरज यादव, श्यामकुमारी खटिक र गिता घर्तीमगर लगायत काँग्रेसका स्थानीय नेता, कार्यकर्ता, सर्बसाधारणको सहभागिता रहेको थियो ।
बाजागाजा सहित घरदैलोमा निस्केका काँग्रेसका उम्मेदवारलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।
गाउँपालिका अध्यक्षका उम्मेदवार खाँ र उपाध्यक्षका उम्मेदवार यादवले आफुहरुलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो । ‘हामीलाई एक पटक तपाईको सेवा गर्ने अवसर दिनुस्, हामी विजयी भयौं भने तपाईको सेवा गर्नेछौं,’ खाँले भने । उपाध्यक्षका उम्मेदवार यादवले जनताको सेवा गर्नका लागि आफु राजनीतिमा आएको बताईन् ।
