Monday, May 4सत्यम खबर
Shadow

एमाले जिते उपमहानगरले विकासकाे मुहार फेर्ने: मिश्रा

नेपालगन्ज, २४ बैशाख – बैशाख ३० गते सम्पन्न हुन गईरहेकाे स्थानिय निर्वाचनलाई मध्यनजर राखी विभिन्न राजनीतिक दलहरूले घरदैलाे अभियानलाई तिब्रता दिईरहेका छन् ।

आज शनिबार यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ नेकपा एमालेका वडाअध्यक्ष पदका उम्मेद्वार समिरप्रताप सिंहले विशाल र्यालीकाे आयाेजना गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका उम्मेद्वार पशुपतिदयाल मिश्राकाे अगुवाई तथा रबिन्द्र लम्सालकाे नेतृत्वमा सम्पन्न र्यालीमा उपप्रमुख शान्ति ढकाल, नेकपा एमाले केन्द्रीय सदस्य दिपा शर्मा, नेकपा एमाले नगर अध्यक्ष दत्त आर्चाय, लेखा समिति सदस्य विजया धिताललगायतकाे सहभागिता रहेकाे गरेका थियाे ।

मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्रले काेणसभालाई सम्बाेधन गर्दै अब उपमहानगरकाे विकासकाे गति नेकपा एमालेबाट मात्र सम्भव भएकाे हुँदा वडा नं. ६ का सम्पुर्ण मतदाताहरूले नेकपा एमालेलाई नै भाेट दिई अत्यधिक मतले विजय गराए पहिलाे प्राथमिकता वडा नं. ६ लाई दिने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *