Friday, March 13सत्यम खबर
Shadow

नगर प्रमुख विष्ट अटो रिक्सामा…..

नेपालगन्ज, १ साउन – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय अटो रिक्सामा फर्कनुभयो ।
आईतबार उहाँ कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र र पैदलै पुग्नुभयो ।


इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्देश्यले नगर प्रमुख विष्ट आईतबार विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुग्नुभयो । नगर प्रमुख विष्टले एक दिन भए पनि इन्धन खर्चमा कमी ल्याउने उद्देश्यले हरेक महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्न सम्पूर्ण नगरबासीमा समेत आग्रह गर्नुभएको छ ।
नेपालगन्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिने छैन भन्ने उल्लेख छ । नगरसभाको निर्णयपछि पहिलो १ गते आईतबार सो निर्णय कार्यान्वयन गर्दै नगर प्रमुख विष्टले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्नु भएको हो ।
महिनामा १ दिन भएपनि अत्यावश्यक बाहेक सवारी साधनको प्रयोग नगर्ने हो भने पनि इन्धन बचत गर्न सकिने भन्दै नगर प्रमुख विष्टले आम नागरिकमा उपमहानगरपालिकाको निर्णयमा साथ दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *