Monday, April 13सत्यम खबर
Shadow

डुडुवामा बृहत वृक्षारोपण

डुडवा, १४ साउन –। नेपाली काँग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं. २ बाँकेले डुडुवा गाउँपालिकामा बृक्षारोपण तथा स्मृति सभा गरेको छ ।


डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्रांगणमा बृहत बृक्षारोपण गरिएको हो । विभिन्न प्रजातीका करिब ५ सय विरुवा एक कार्यक्रमका विच विहीबार रोपिएको नेपाली काँग्रेस डुडुवा गाउँपालिका सभापति विजय कुमार यादवले बताउनुभयो । उहाँका अनुसार नवनिर्मित कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि छहरी र हरियाली वाताबरण तयार गर्न बृक्षारोपण गरिएको हो ।


बृक्षारोपणपछि आयोजित सभामा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपीको चिन्तन विचारबाटै अगाडी बढेकाले उहाँको विचार चिन्तनलाई सबै कार्यक्रताले व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको विचार र कार्यशैली अरुभन्दा फरक भएको र देशको विकासका लागि एक मात्र पार्टी भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका कन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, निवर्तमान सभापति किरण कोईराला, जिल्ला सचिव सुधाम्सु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायत सैयौ कार्यक्रता तथा स्थानीयहरुको उपस्तिथी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *