Monday, April 13सत्यम खबर
Shadow

निष्कृय जनशक्तीलाई चलायमान गराउन मन्त्री अथकको निर्देशन

काठमाण्डौं, १४ साउन – बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देशभर निस्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनुभएको छ ।
राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री अथकले सक्रिय रुपमा काममा लगाउन निर्देशन दिनुभएको हो । उहाँले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गर्नुभएको थियो ।


संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगायतको उपस्थिती रहेको थियो ।
४ वर्षदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *