बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु
नेपालगन्ज, २२ साउन – बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ ।
यसको निर्माण सम्पन...









