Sunday, June 28सत्यम खबर
Shadow

आस्था

१ सय ५३ जनाले उत्साहपूर्वक गरे रक्तदान

१ सय ५३ जनाले उत्साहपूर्वक गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ साउन - बर्दियाको भुरीगाउँमा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ छैंठौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५३ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिकाकानगरकार्यपालिकाको कार्यालय सैनवार सैनवारका नगर प्रमुख तिलकराम लम्साललेरगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गर्नुका साथै व्यानर वाचन गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा थारु समुदाय बिकास मञ्च, रेडियो टाइगर एफ.एम., नेपाल रेडक्रस सोसाइटी उप शाखा ठाकुरबाबा भुरीगाउँ, चुरे क्याम्पस बगनहा, मनुषा टिकासिंह बहुमुखी क्याम्पस, लायन्स क्लब अफ ठाकुरबाब...
कठिन समयमा मित्र राष्ट्र भारतकाे सहयाेग अमुल्य छ : श्रीलंकाका राष्ट्रपति

कठिन समयमा मित्र राष्ट्र भारतकाे सहयाेग अमुल्य छ : श्रीलंकाका राष्ट्रपति

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काेलम्बाे, २० साउन – लामो समयदेखि गम्भीर संकटबाट गुज्रिरहेको श्रीलंकामा नेतृत्व परिवर्तन भएको छ ।श्रीलंकाका यी कठिन दिनहरूमा भारतले धेरै सहयोग गरेको छ र श्रीलंकाका राष्ट्रपतिले पनि संसदमा यसबारे कुरा गरेका छन्। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले भने कि भारत सबैभन्दा कठिन समयमा हामीलाई बचाएको छ। वास्तवमा, संसदको नयाँ सत्रलाई सम्बोधन गर्दै, श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले भने कि हाम्रो नजिकको छिमेकी भारतले आर्थिक संकटबाट पार पाउनका लागि गरेको सहयोगको विशेष धन्यवाद गर्न चाहन्छु। सबैभन्दा कठिन समयमा हामीलाई साथ दिनु भएकोमा भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु । भारतबाट आएको सहयोग अतुलनीय छ । भारत हाम्रो नजिकको छिमेकी हो ।...
चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० साउन – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो । परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभइ ती विषयहरू सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई देशबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्...
आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत-रुस एकसाथ रहने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत-रुस एकसाथ रहने

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २० साउन – संयुक्त राष्ट्र सङ्घ सहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत र रुस आतङ्कवाद विरुद्ध एकजुट रहेका छन्। मस्कोमा भएको विदेश मन्त्रालय स्तरीय वार्तामा दुवै देशले आतङ्कवाद विरुद्ध सहयोगलाई अझ गहिरो बनाउने सहमति गरे। बिहीवार मस्कोमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सञ्जय वर्मा र रुसी विदेश मन्त्रालयका अधिकारीहरूबिच मस्कोमा भएको बैठकमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आतङ्कवादको मुद्दामा दुवै देशको भूमिकामाथि चर्चा भयो। संयुक्त राष्ट्र सङ्घसित सम्बन्धी मुद्दाहरूमा परामर्शको समय दुवै पक्ष आतङ्कवाद विरुद्ध संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर आफ्नो पक्ष राख्नका लागि सहमत भए। चर्चामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसका विदेश मामिलाहरूका उप मन्त्री सर्गेई वासिलीविच वर्शिनिनले गरे। भारत र रुसी अधिकारीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्का आगामी ए...
उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
झापा, २० साउन – राज्यले उचित क्षतिपूर्ति (मुआब्जा) नदिएको भन्दै दमक क्लिन पार्क सङ्घर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुआब्जा विवादका कारण लामो समय देखि आन्दोलनरत रहेका दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई, प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी लिम्बु, दमक नगरपालिका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, माओवादी नेता गगन पुरी, प्रकाश थापा लगायतको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लिखित ज्ञापनपत्र बुझाएका हुन् ।यसअघि संर्घष समितिले २०७८ पुषमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएपछि संर्घष समिति प्रधानमन्त्री समक्ष पुगेको हो ।प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र भनिएको छ, क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार...
लुम्बिनीमा सूचना व्यवस्थापन प्रणालीको शुरुवात

लुम्बिनीमा सूचना व्यवस्थापन प्रणालीको शुरुवात

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, २० साउन - नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ । लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले बिहीबार बुटवलमै एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गर्नुभएको छ । त्यस क्रममा उहाँले सूचना व्यवस्थापनल प्रणालीले यस प्रदेशको तथ्याँक व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले यस खालको तथ्याँक व्यवस्थापनले प्रदेशस्तरबाट बिद्यमान समस्याको पहिचान समेत हुने बताउनुभयो । मन्त्रीले घर्तिले तथ्याँककै आधारमा कार्यक्रम संचालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग समन्वय सहकार्य गर्न सजिलो हुने धारणा राख्नुभयो । अन्य प्रदेशमा पनि यही प्रकारको व्यवस्थापन प्रणाली शुरु हुने आशा व्यक्त गर्नुभयो । “सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द...
महालेखा परीक्षकको बार्षिक प्रतिबेदन २०७९

महालेखा परीक्षकको बार्षिक प्रतिबेदन २०७९

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज,१९ साउन - नेपालगन्ज उपमहानगरपालिका, बाँकेलाई उधृत गर्दै बास नेपाललाई जोडेर केही अनलाईनहरुमा प्रकाशित समाचारहरुको बास नेपालले खण्डन गरेको छ । संस्थासँग जोडिएर महालेखाको प्रतिबेदनमा उल्लेख भएका टिप्पणी र अनलाईनहरुमा आएको समाचार फरक रहेको उल्लेख गर्दै बास नेपालले खण्डन गरेको हो ।महालेखाले परीक्षणको क्र.सं. ५.३ मा बासलाई फुड बैंक सञ्चालनका लागि ५ लाख भुक्तानी गरेको, खाद्यान्न खरिदका लागि भुक्तानी भएको उक्त रकमको श्रेष्ताको साथमा खर्चलाई प्रमाणित गर्ने बिल, भर्र्पाईसंलग्न नभएकाले प्रमाण पेश नभएकोमा लेखा परीक्षणको क्रममा पेश भएको उल्लेख छ । उल्लेखित बाक्याँशमा समाचारमा उल्लेख गरिए जस्तो अनियमितता गरेको, अनियमित भएको, बेरुजु देखिएको, प्रमाण नपुगेको भन्ने कहिँ कतै उल्लेख नभएको उल्लेख गरेको छ ।बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाशन गरेको बिज...
भारतीय सेनाप्रमुख भदौ तेस्रो साता नेपाल आउँदै

भारतीय सेनाप्रमुख भदौ तेस्रो साता नेपाल आउँदै

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ साउन –भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्रमणमा छन्।‘भदौ तेस्रो साता भारतीय प्रधानसेनापतिको भ्रमणका लागि तयारी अघि बढेको छ। भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्छ’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन्। यसअघि साउन महिना भित्रै उनी नेपाल आउने संकेत भारतीय पक्षले दिएको थियो। तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे भदौ तेस्रो साता मात्रै आउने जानकारी कूटनीतिक च्यानलबाट गराएको हो। भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति व...
ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ साउन –चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ । ‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’, उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीन एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको प्रतिरक्षा गर्ने काम सहकार्य गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’ विज्ञप्ति मार्फत उनले अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध जनाएकी छन् । अगष्ट २ मा सम्पन्न पेलोसीको ताइवान भ्रमणलाई यान्छीले ‘एक चीन नीतिको गम्भिर उलंघन’ भएको ...
चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ साउन –अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् । ‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’, पेलोसीले विज्ञप्तिमा भनिन् । एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो । चिनियाँ उप–विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणा...