चीनले सीमामा देखिएका समस्या समाधान गर्न नेपाललाई प्रस्ताव
काठमाण्डौ, २ भाद्र –उत्तरी छिमेकी चीनले सीमामा देखिएका समस्या समाधान गर्न नेपाललाई प्रस्ताव गरेको छ । तत्कालीन नेकपा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा चीनले सीमामा कुनै समस्या दाबी गरेर नेपालको सीमा मिचेर दादागिरी देखाएको थियो ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारको बलमा काठमाडौंस्थित चिनियाँ दूतावासले नै कुनै समस्या नभएको ठोकुवा गरेको थियो ।
स्वयं ओलीको कम्युनिस्ट सरकारले नै सीमामा विवाद नरहेको भनेर चीनको बचाउ गरेको थियो । तर अहिले पनि हुम्ला, गोरखालगायत जिल्लामा चीनसँग सीमा विवाद छ ।
चीनले सीमामा एकतर्फीरुपमा सीमा अतिक्रमण गर्ने, नदीको धार नै परिवर्तन गरिदिने गतिविधि गर्दै आएको छ । यी समस्याहरुलाई ढाकछोप गरेर ओली सरकारले चिनियाँ हस्तक्षेपकारी नीतिको बचाउ गरेका बेला अहिले भने चीनले आफै सीमामा समस्या रहेको स्वीकारेको छ ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको भ्रमणमा च...









