Wednesday, April 22सत्यम खबर
Shadow

जसपाका पूर्व लुम्बिनी प्रदेश कृषिमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश

खजुरा, ३१ सावन – जसपाका नेता एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव नेकपा एमालेमा आज एक कार्यक्रम बीच प्रवेश गरेका छन् ।
नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित अभियान शुरु गर्दै आज मंगलवार खजुरामा पार्टी केन्द्रीय नेताहरुको सहभागितामा एक दिवसीय प्रशिक्षण कार्यक्रम बीच पूर्व कृषिमन्त्री यादव नेकपा एमालेमा प्रवेश गरेको लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार दीक्षितले जानकारी गराउनुभयो ।


लुम्बिनी प्रदेश कमिटी सदस्य दीक्षितका अनुसार, केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँँडेललगायतका नेताले एक दिवसीय प्रशिक्षण कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री यादवलाई नेकपा एमालेमा प्रवेश गराईएको बताए ।
उक्त एक दिवसीय प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारीलगायत प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको लुम्बिनी प्रदेश कमिटी सदस्य दीक्षित बताए ।


लुम्बिनी प्रदेश कमिटी सदस्य दीक्षितका अनुसार नेकपा एमाले बाँकेले तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते, सबै प्रदेश क कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ख कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरि जारी गरेको संगठित सदस्यको परिवारिक विवरण भरी सक्ने लगायतका निर्णय समेत भईसकेको जानकारी गराए ।
एक दिवसीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले एमाले र माओवादी केन्द्रलाई मुद्दा नै नपरेको विषयमा अलग गर्नु सुनियोजित थियो भन्दै संसद पुनः स्थापना हुँदा पार्टी विभाजन कुनै कारण थिएन । कम्युनिस्ट आन्दोलन सिध्याउने खेल भएको आरोप लगाए ।


कम्युनिस्ट मिलेर ल्याएको उपलब्धि एतिहासिक छ । एमालेलाई मूलधार मानेर माओवादी आन्दोलन तथा अन्य कम्युनिस्ट पार्टीबाट मुल धारमा आउने क्रम जारी रहेको भन्दै केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धन संयुक्त मोर्चा हो, यसको नेतृत्व शेरबहादुर देउवाले गर्छन् । नेपाली काँग्रेसलाई नेतृत्व मानेर कम्युनिस्ट आन्दोलन बलियो हुँदैन । १७ हजारको बलिदान गरेका प्रचण्डले निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने भनिरहेका छन, पुँजीपति बर्गसंग लड्ने र समाजवाद उन्मुख नेकपा एमाले छ, यो नै असल कम्युनिस्ट पार्टी हो । काँग्रेसका पछि लागेकाले गम्भीर गल्ती गरेको उपाध्यक्ष ज्ञवालीले समयमा सुधार गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *