Monday, June 29सत्यम खबर
Shadow

आस्था

विधार्थीको भरमा भेरी अस्पतालको एमरजेन्सी वार्ड

विधार्थीको भरमा भेरी अस्पतालको एमरजेन्सी वार्ड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० भाद्र – पश्चिम नेपाल कै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको भेरी अस्पतालको अवस्था दयनिय बन्दै गईरहेको बिरामीहरुको गुनासो रहेको छ ।कोरोनाकालमा देशभरी नै अग्रणी स्थान बनाउन सफल भेरी अस्पतालमा हाल सिकिस्त बिरामीहरुको लागि उपलब्ध गराईने स्वास्थ्य सेवाहरुमा लापरवाही भईरहेको धेरैजसो बिरामी तथा उनका कुरुवाहरुको गुनासो रहेको छ । विहिबार राती १ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का भुषण झाले आफ्नो श्रीमतिलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पतालको एमरजेन्सी वार्डमा १ः३० घण्टापछि एचए देखिए पनि उपचारमा खटिएका डाक्टर नभएको बताउँछन् ।झाका अनुसार श्रीमतिलाई राती कनखजुरा भन्ने किडाले टोकेको हुँदा भेरी अस्पतालको एमरजेन्सी वार्डमा औषधोपचारका लागि लगिएको थियो । तर अस्पतालमा पुग्दा ४–५ जना विद्यार्थी भाईहरु भएको उनीबाट डाक्टर साब कहाँ छन्, जानकारी माग्दा उनले अहिले ...
गाैरव स्मृतिद्वारा क्यान्सर पीडित चिडिमारलाई आर्थिक सहयाेग

गाैरव स्मृतिद्वारा क्यान्सर पीडित चिडिमारलाई आर्थिक सहयाेग

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र - गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेका उपाध्यक्ष मधु शाहकाे नेतृत्वमा आज क्यान्सर पीडितलाई आर्थिक सहयाेग गरिएकाे छ । नेपालगन्ज-१० बेलासपुर बस्ने क्यान्सर पीडित मनिशा चिडिमार बारे गाैरव स्मृति फाउण्डेशनले जानकारी पाए लगत्तै उपाध्यक्ष शाहकाे अगुवाईमा क्यान्सर पीडितकाे घर मै पुगेर पाँच हजार एक सयकाे चेक हस्तान्तरण गरिएकाे फाउण्डेशन सदस्य शेखर जाेशीले जानकारी गराउनु भयाे । चेक हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सुदिप सिंह चाैधरी, दिनिता बाही, बिजय काेरी, शिवम शाह, मुन्सी सल्मानी, राेजी श्रेष्ठ, रमेश शाही, साेहन श्रेष्ठ, अमित काैशल, उत्तम वैश्यलगायतकाे सहभागिता रहेकाे थियाे । गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेले विगतदेखि नै सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आईरहेकाे छ ।...
शिवसेना बाँकेद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

शिवसेना बाँकेद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र - हिन्दु नारीहरूकाे महान पर्व तीज मिलन तथा दर खाने कायर्क्रम भब्य रूपले नेपाल शिवसेना बाँकेले आज सम्पन्न गरेको छ । नेपालगन्ज धम्बोजि स्थित खनाल होटलमा आज विहिबार तिजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिवसेनाले आउँदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदान-प्रदान गर्न तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल शिवसेना बाँके महिला अध्यक्ष खुमा वलीले जानकारी गराउनुभयाे । कार्यक्रममा प्रमुख अतिथि देवाकर खनाल, अतिथि नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, शिवसेना उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेरबहादुर शाही, केन्द्रीय सदस्य राजेश यादव, जिल्ला सदस्यहरु र नगर सदस्य लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवाकर खनालले नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरु...
निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए। बजेट माग गरिएको मध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीबाट खटिन...
सुक्खाग्रस्त नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

सुक्खाग्रस्त नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

आर्थिक, आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ । नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नुअगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिन्छ । किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् ।...
जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ। असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो। सो रेलमा १४ डिब्बा थिए। त्यति बेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए। रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बिर कोरिएका थिए। रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो। सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६:३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेप...
नागरिकता विधेयकको गलत ढङ्गले प्रचार गरियो : प्रचण्ड

नागरिकता विधेयकको गलत ढङ्गले प्रचार गरियो : प्रचण्ड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
चितवन, ९ भाद्र – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए। ????? (??????? ???????)?? ??????? ???? ????? ????????????? ???????? ????? '???????' ??????? ???????? ????? ???? ?????? ?????? ???????? ???????? ????????????? ?????????? ????????????????? ????????? ??????? ???????????? ?????? ? ???? ???????/???? नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।’ झण्डै छ-सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको ...
चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष चार महिना

चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष चार महिना

आर्थिक, आस्था, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ । भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ । नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पु¥यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभा...
बिओपी राख्न तिब्बती सिमानामा २० रोपनी जग्गा उपलब्ध

बिओपी राख्न तिब्बती सिमानामा २० रोपनी जग्गा उपलब्ध

आस्था, राजनीति, श्रम/रोजगार, समाचार
गोरखा, ९ भाद्र – गोरखा र तिब्बतको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राख्न २० रोपनी जग्गा उपलब्ध गराइने भएको छ। जिल्ला सुरक्षा समितिले चुमनुब्री गाउँपालिका–१ साम्दोमा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो। सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। यसअघि साउन १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नं. १ को साम्दोमा बिओपी स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। सोही सिफारिसको आधारमा समितिले पनि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ। सो जग्गा सार्वजनिक प्रकृतिको रहेको छ। सार्वजनिक जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले सम्बन्धित निकायमा सिफारिस लेखी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। ’सार्वजनिक प्रकृतिको जग्गा प्रय...
भारत र अमेरिकाको विरोधका बाबजुद श्रीलंका पुग्यो चिनियाँ जहाज

भारत र अमेरिकाको विरोधका बाबजुद श्रीलंका पुग्यो चिनियाँ जहाज

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – केही दिनको कूटनीतिक खिचातानीपछि चिनियाँ सर्वे जहाज युआन वाङ ५ श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा रोकिएको छ। सो जहाजलाई श्रीलंकाको जलक्षेत्रमा प्रवेश गर्न नदिन भारत र अमेरिकाले प्रयास गरेको बताइएको छ।मंगलबार बिहान सो जहाज हम्बनटोटा बन्दरगाहमा रोकिएको हो। जसलाई चिनियाँ कूटनीतिज्ञ र बन्दरगाहका अधिकारीहरुले स्वागत गरेका थिए।सो जहाज अगस्ट ११ मै हम्बनटोटा आइपुग्ने तय भएको थियो। तर, नयाँ दिल्ली र वासिङ्टनले विरोध गरेपछि श्रीलंका सरकारले त्यसमा पाँच दिन ढिलाइ गरिदिएको समाचारहरुमा जनाइएको छ। सरकारी स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाए अनुसार २२२ मिटर लामो यो जहाज जासुसी गर्ने भारतको चिन्ता थियो। पेन्टागनका अनुसार यो जहाज स्याटलाइट, रकेट र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निगरानीमा प्रयोग हुन्छ। यद्यपि भारतले सो जहाजलाई फिर्ता पठाउन श्रीलंकालाई दबाब नदिएको भारतको विदेश...