Monday, June 29सत्यम खबर
Shadow

आस्था

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

अपराध, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ । साथै उनको टुमरो होल्डिङ्स कम्पनीलाई ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना तोकेको छ । सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ । शुक्रबार उनीमाथि ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना अदालतले सुनाएको छ । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ ।...
चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र –चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक हो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध सुरु गरे यता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो । यो सम्लेनमा विभिन्न राष्ट्रका नेताहरुको सहभागिता रहने भएको छ ।...
चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र –चीनले ताइवानमा सम्भावित आक्रमणलाई लिए गरिरहेको संन्य अध्यासको विचमा अमेरिका र ताईवानको विचमा व्यापार सम्झौताको वार्ता हुने भएका छन् ।अमेरिकी सरकारले ताइवानसँग व्यापक व्यापार सम्झौतामा वार्ता गर्ने योजना बनाएको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भन्यो कि “औपचारिक वार्तालाप” व्यापार र नियामक सहयोग बढाउनको लागि थियो जसमा घनिष्ठ आधिकारिक अन्तरक्रिया समावेश हुनेछ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले यस टापु राष्ट्रको भ्रमण गरेपछि चीनले ताइवानको नजिक सैन्य अभ्यास गरेपछि ताइवान संग व्यापारिक वार्ता गर्ने घोषणा गरेका छन् ।...
ईजरायली सुरक्षामा खतरा उत्पन्न हुने

ईजरायली सुरक्षामा खतरा उत्पन्न हुने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – चिन र सिरिया बिच संचार उपकरण सम्बन्धि डिलबाट इजरायली सुरक्षा खतरा उत्पन्न गर्न सक्ने सन्देह खडा भएको छ ।समाचार साइट ब्रेकिङ डिफेन्सको रिपोर्ट अनुसार चीन र सिरिया बीचको नयाँ सहायता सम्झौतामा दमास्कसलाई सञ्चार उपकरणहरू प्रदान गर्ने सम्झौता समावेश भएकाले यस कुराले इजरायली सुरक्षा प्रतिष्ठान भित्र “खतराको घण्टी” बजाएको छ भनी रिपोर्ट गरेको हो । बेइजिङले सहायता मानवीय प्रकृतिको हुने कुरामा जोड दिँदा, इजरायली रक्षा स्रोतहरूले चीनको सहयोगले सिरियाको सैन्य सञ्चार सञ्जालमा हालको कमजोरीहरु पुरा गर्ने अपेक्षा गरिएको छ भनी बताएका छन् । इजरायलले हालैका महिनाहरूमा चिनियाँ विज्ञहरूले सिरियाली सैन्य प्रतिष्ठानहरूको भ्रमण गरेको संकेत गरेको छ र यी भ्रमणमा सिरिया गृहयु द्ध ताका सर्वाधिक क्षतिग्रस्त सैन्य प्रतिष्ठानहरु केन्द्रित थिए । चीनले विगत एक दशकमा यु द्धग्रस्त सिरियालाई...
चीनको चिन्ता गहिँरिदै, १७ देशका वायुसेनाद्वारा सबैभन्दा ठुलो युद्धाभ्यास सुरु

चीनको चिन्ता गहिँरिदै, १७ देशका वायुसेनाद्वारा सबैभन्दा ठुलो युद्धाभ्यास सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र –अस्ट्रेलियाको धरतीमा शुक्रबार सबैभन्दा ठुलो युद्धाभ्यास सुरु भएको छ। जसले गर्दा अहिले चीनको चिन्ता बढेर गएको छ। युद्धाभ्यासमा नाटोसमेत मित्र राष्ट्रहरू सामेल छन्। उक्त युद्धाभ्यासको अंश भारतीय वायुसेनाका लडाकु पनि बनेका छन्। युद्धको यो अभ्यास हिन्द महासागरको प्रशान्त क्षेत्रमा भइरहेको छ। जसको नाम पिच ब्ल्याक २०२२ हो। पिच ब्ल्याक अभ्यास विशेषतः वर्षमा दुईपल्ट हुने गर्दछ। तर यसपल्ट यसको टाइमिङ एकदमै खास रहेको छ, किनभने अस्ट्रेलियामा १७ देशहरूका वायुसेना यस्तो समयमा एकत्रित भएर अभ्यास गर्दैछन्, जब ताइवानलाई लिएर विश्वको ठुलो क्षेत्रमा तनाव बढ्दै गइरहेको छ। ताइवानलाई लिएर चीन धेरै आक्रमक व्यवहार देखाउँदै आइरहेको छ अनि अमेरिका आफ्नो मित्र देशहरूसँग चीनलाई घेराउ गर्न एकजुट भइरहेको छ।एकातिर दक्षिण चीन सागरमा चीनको तर्फबाट तोप र मिसाइलहरूको गर्जन सुनिन्छ भने अर्कोतिर ...
लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगञ्ज, ९ भाद्र – भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट एएचटीयूले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि ९एएचटीयू०को नियन्त्रणमा छन् । दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट ९एएचटीयू० रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए । ‘ पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर १० देखि १२ वर्ष उमेरका बालकको उद्दार गर्न सफल भएका छौं । दिल्लीमा निकृष्ट बालश्रममा लगाउन उनीहरुलाई लगिदै थियो,’ उनले भने, ‘ खेल्ने, कुदने...
अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्। यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको थ...
अपराध शृङ्खला रोक्न चुनौतीको पहाड

अपराध शृङ्खला रोक्न चुनौतीको पहाड

अपराध, आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ९ भाद्र –प्रविधिको दुरुपयोग गरी मुलुकमा नयाँनयाँ प्रकृतिका अपराध भइरहेका छन् । विदेशमा बसेर नेपालमा आपराधिक क्रियाकलाप सञ्चालन गर्ने समूह पनि सक्रिय भइरहेको केही घटनाले पुष्टि गरेको छ । बैंकिङ प्रणाली नै ह्याक गराएर रकम निकासा गर्ने नयाँ खालका अपराध पनि देखिँदै आएको छ । विश्वव्यापी भएको प्रविधिको प्रयोगसँग सामाजिक सञ्जालका माध्यमबाट ठगी, अपहरणलगायतका घटना बढ्दो छ । वैदेशिक रोजगारीका नाममा मानव बेचविखनका घटना देखिँदै आएको छ । खासगरी ठगी, तस्करी, हुण्डी, असुली, लेनदेनबाट सिर्जित आर्थिक अपराध, मानव बेचविखन तथा लागुऔषध ओसारपसार, गम्भीर सङ्गठित र ट्रान्सनेशनल अपराध लैङ्गिक हिंसा र कम्पयुटरका माध्यमबाट हुने जुनसुकै प्रकृतिको साइबर अपराध नियन्त्रणमा सुरक्षाकर्मीसामु चुनौतीको पहाड बन्न पुगेको छ । यसरी अपराधको शृङ्खला बढ्दो क्रममा रहे पनि त्यस चुनौतीलाई सामना गर्ने सामथ्र्यक...
चीनको ‘नाकाबन्दी’ अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा

चीनको ‘नाकाबन्दी’ अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र –नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता तथा छलफलमा नाका दुईतर्फी र पूर्ण रूपमा सञ्चालन गर्ने समझदारी हुने गरे पनि कार्यान्वयन भएको छैन । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको हो । त्यसयता चिनियाँ नाका हुँदै हुने आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै नेपाली सीमाबाट हुने निर्यात...
दाङमा कर वृद्धिको विरोध गर्दै एक घन्टा चक्काजाम

दाङमा कर वृद्धिको विरोध गर्दै एक घन्टा चक्काजाम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दाङ, ८ भाद्र – घोराही सडक खण्ड अन्तर्गत तुलसीपुरमा बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म सडकमै सवारी साधन राखेर उनीहरूले एक घन्टा चक्का जाम गरेका हुन्।नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले सरकारले रूट परमिटका नाममा झन्डै चार गुणासम्म कर वृद्धि गरेको र जरीवाना रकम पनि तीन हजारदेखि पाँच हजारसम्म पुर्‍याएपछि त्यसको बिरोधमा चक्काजाम गरिएको जानकारी दिए। त्यस्तै सचिव बस्नेतले २०७५ सालमा निर्माण सुरू भएको तुलसीपुर–घोराही चार लेन सडक खण्ड पाँच वर्ष भइ सक्दा पनि दश प्रतिशत काम नभएको भन्दै त्यसको पनि बिरोध भएको बताए।जीर्ण सडक खण्डका कारण तुलसीपुर-घोराही खण्डमा बढी तेल गाडीले खाने गरेको, टुटफूट धेरै आएको र दुर्घटना पनि अत्यधिक बढेकाले सडक निर्माण कार्य चाडै सक्न भनेर बिरोधमा उत्रनु परेको सचिव बस्नेतले तर्क गरे।सरकारले यातायातको कर गुणात्मक रूपमा बृद्धि गर्दा ठूलो मर्कामा या...