Monday, June 29सत्यम खबर
Shadow

आस्था

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ भाद्र –निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचन सम्बन्धी निर्देशिकाहरू जारी भएपछि त्यसका आधारमा सामग्रीहरूलाई अन्तिमरूप दिइने बताए। आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने बताए। कम खर्च र स्मार्टरूपमा मतदा...
‘जनताको साथमा काँग्रेस’

‘जनताको साथमा काँग्रेस’

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० भाद्र -नेपाली काँग्रेसले भदौं १० गतेदेखी २४ गतेसम्म पहिलो चरणको चुनाव लक्षित अभियानलाई सफल बनाउन दृढ र प्रतिवद्ध रहेको बाँके कांँग्रेसले आज पत्रकार भेटघाट गरि जनाएको छ । नेपाली काँग्रेस बाँकेले आज शुक्रबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले ‘जनताको साथमा काँग्रेस’ नामक अभियानमा जिल्ला कार्यसमिति बाँकेले समन्वय, अनुगमन र नेतृत्व गर्ने बताएका छन् ।  सभापति गाैडेलका अनुसार हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिति र पालिका समितिसँग आवश्यक समन्वय गर्नेछ । सभापति गौडेलले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी एक्लै लड्न सक्षम रहेको बताए । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पनि सुखद नतिजा हात पार्ने अर्जुनदृष्टिका साथ नेपाली काँग्रेस ब...
विकासकाे पाेल खाेल्दै नरैनापुरबासी

विकासकाे पाेल खाेल्दै नरैनापुरबासी

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १० भाद्र - केही वर्ष अगाडि अति पिछडिएकाे पंक्तिमा रहेकाे बाँकेकाे नरैनापुर गाउँपालिकामा २०७४ काे स्थानिय निर्वाचन पश्चात केही सुधार भएकाे पाईन्छ तर त्यसकाे श्रेय गाउँपालिका प्रमुख ईस्तयाक अहमद शाह नै हुन भन्न नसक्ने तर्क पालिकाबासी जंगली गोडियाकाे भनाई रहेकाे छ । नेपालकाे तराई क्षेत्रमा अति पिछडिएकाे पालिकामा नामांकन समेत बटुल्न सफल नरैनापुर गाउँपालिकामा काेभिड-१९ काे बेला समेत समस्याकाे थुप्राे नभएकाे हाेईन तर नरैनापुरबासीहरूकाे उल्लेख्य याेगदानले गर्दा हाल विकासतर्फ उन्मुख भएकाे समई गोडियाकाे भनाई रहेकाे छ । नरैनापुर गाउँपालिकामा शिक्षाकाे कुरा गर्नु पर्दा समेत अति पिछडिएकाे अवस्था हाल पनि विधमान रहेकाे छ तर कागजी रूपमा सबल बनाईएकाे प्रमाण गाउँपालिका शिक्षा शाखामा थुप्रै उपलब्ध हाेला भनी महेश यादवकाे भनाई रहेकाे छ । माथि उल्लेखित विषय वस्तु थाेरै मात्र उठान गरिएकाे छ क...
प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली

प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १० भाद्र –नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् ।“हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन । प्रचण्ड, माधव नेपालहरु वामपन्थी होइन कांग्रेसपन्थी हो । उनीहरुलाई कांग्रेसले टिकट दिने हो । होइन, कांग्रेस हराउन लाग्ने हो भने त्यतिबेला सोच्न सकिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने । नेकपा एमाले आफैंमा निर्भर भएर एकल रुपमा लड्ने तयारीमा लागेको पनि ज्ञवालीको दाबी छ । उनले थपे, “नेकपा एमाले कमजोर भएको छैन । आन्तरिक एकता र सुदृढ गरेर पाँचै ...
भारतीय संविधानले दियो जम्मू–कश्मीरलाई ‘विशेष राज्य’को मान्यता

भारतीय संविधानले दियो जम्मू–कश्मीरलाई ‘विशेष राज्य’को मान्यता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० भाद्र –भारतीय संविधानको धारा ३७० मा जम्मू–कश्मीरलाई ‘विशेष राज्य’को मान्यता दिइएको थियो। भारतीय सरकारले उक्त धारा हटाएको पनि दुई साताअघि तीन वर्ष पूरा भएको छ। अस्थीर र अशान्त यो राज्यको यस तीन वर्षे अवधिमा कायापलट भएको छ। केन्द्र अधिनमा आएपछि यस प्रदेशमा शान्ति र विकासले फड्को मारेको छ। समानता र न्यायको क्षेत्रमा यथेष्ट काम भएका छन्। नयाँ जम्मू–कश्मीरको अवधारणाअन्तर्गत भएको तीव्र विकासले नागरिकमा उल्लास र ऊर्जा थपेको छ। भारतको स्वर्ग मानिने जम्मू–कश्मीर प्रशासनले विकासका पहलहरू बारेमा हालै एक प्रतिवेदन सार्वजनिक गरेको थियो। ‘जम्मू–कश्मीर: शान्ति, प्रगति समृद्धितर्फ’ शीर्षकको उक्त प्रतिवेदन सुशासन, ऊर्जा क्षेत्र, कोभिड व्यवस्थापन, शिक्षा, कृषि उत्पादनमा वृद्धिलगायत मापदण्डमा आधारित छ। प्रतिवेदनका अनुसार केन्द्र शासित यस क्षेत्रले सन् २०१९ को तुलनामा सुशासन सूचकांकमा ३.७ प्र...
चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा

चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।...
भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् । दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र...
मुस्लिम आयोग र बीआरआई सम्झौता तत्काल खारेजी गर्न युवा विभागको माग

मुस्लिम आयोग र बीआरआई सम्झौता तत्काल खारेजी गर्न युवा विभागको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० भाद्र – राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकाली प्रदर्शन गरेका छन ।काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको संख्यामा रयाली निकालिएको थियाे । युवा विभागले बीआरआईलाई राष्ट्रघाती र मुस्लिम आयोगलाई जिहादी प्रर्वद्धकको रुपमा आरोप लगाएको छ । बिरोध र्याली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । रयालीमा सहभागीहरु जिहादी प्रवद्र्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर, चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाइएको थियो । युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले बीआरआई सम्झौता र मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरे । त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्...
पश्चिम सेती र सेती-६ जलविद्युत् आयोजना भारतीय कम्पनीलाई

पश्चिम सेती र सेती-६ जलविद्युत् आयोजना भारतीय कम्पनीलाई

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –पश्चिम सेती जलविद्युत् आयोजना र सेती-६ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त सम्झौता भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंहले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रअनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत् परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेतीनदी-६ परियोजनाका लागि भने ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ । सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेस गर्नुपर्नेछ। जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष समेटिएको हुनुपर्छ । त्यस्तै, परियोजनाको अनुमानि...
ईट्टा संघको २० औं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

ईट्टा संघको २० औं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १० भाद्र - नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेको २० औं बार्षिक साधारण सभा नेपालगन्जमा भब्यताका साथ सम्पन्न गरेकाे छ । नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेले गत आर्थिक वर्षमा भए गरेका सम्पुर्ण कार्यहरुको उच्च मुल्यांकन सहित अनुमोदन गर्दै आगामि आर्थिक वर्षको लागि बिभिन्न योजना तर्जुमा गर्दै २० औं बार्षिक साधारण सभा भब्यताका साथ विहिबार नेपालगन्जमा सम्पन्न गरेकाे छ । नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देबबहादुर वली क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल ईट्टा उद्योग महासंघका केन्द्रिय सचिव जैनुल आब्दिन खान प्रमुख अतिथि, महासंघका केन्द्रिय सदस्य टंकबहादुर बुढा र संघका सल्लाहकार सुधिरप्रताप सिंह अतिथि सहित बाँके जिल्लाका ईट्टा उद्योग सञ्चालकहरुको सहभागिता रहेको थियो । नेपालगन्ज वार्ड नं. १८ कारकाँदो स्थित नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेकाे स...