Tuesday, April 21सत्यम खबर
Shadow

महिला पुरुष गरी ९१ जनाले रक्तदान

नेपालगन्ज, २६ भाद्र – “रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान” मूल उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति नेपालगन्जले भाद्र २५ गते शनिवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रम महिला पुरुष गरी ९१ जनाले रक्तदान गरेका छन् ।
सदगरुदेव श्री सतपाल जी महाराजको पावन जन्मोत्सव तथा विश्व शान्ति दिवसको शुभ अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति नेपालगन्जको प्राङ्गगणमा सम्पन्न रक्तदान समितिका माहत्मा चादना वाइजीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दीकीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


सो कार्यक्रममा अन्जन थापा, हर्ष शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, गणेश चन्द, सुजन थापा, बिनोद जंग शाह, सुजन सिटौला, अमित कडेल, तेज नारायण कडेल, बीरेन्द्र गहतराज, शिशिर राई, नविन हमाल, सुजल राई, उमंग गुप्ता, किसन राना, अनुराग मल्ल, सनम सिंह, सन्दिप केसी, नरेन्द्र शाह, अशोक बुढा, बिबाखर रिमाल, निखिल डाँगी, सुमन शर्मा, भानु रिजाल, गोपाल, गौतम थापा, अमृत रेग्मी, रुपोश चौधरी, बीरेन्द्र डिसी, दिपक थापा, सञ्जय चौधरी, बिन्दु ओली, शम्भु , पुष्पा रेग्मी, थर्चन टेम्बा, मनोज रानाभाट, सुवोध सिंह चौधरी, तेजस लामा, रमेश घर्ती, केशव बहादुर, राहुल, अरबिन्द थापा, टंक बोहरा, संप्रिया खडका, आशा ओझा, बिमला चौधरी, अनिल यादव, अञ्जली गिरी, मितोश सारु मगर, प्रशान्त चन्द्र, सुमिरन, नरहरि सुवेदी, तिलक रोकाया, अमन दिक्षित, अशोक थापा, सपना रेग्मी, अशोक सिंह, गोपाल बोराइली, बिकास साहू, भिम पोखरेल, मनिष लम्साल, दिनेश काफ्ले, सुरज काफ्ले, दुर्गा बहादुर बुढाथोकी, रामेश्वर चौधरी, श्याम सुन्दर चौधरी, अरुण ढुगांना, दिनेश कुमार यादव, सुजित कनौडिया, केशव राना, खगेन्द्र थापा, शिव गौतम, प्रवीन शर्मा, निमराज पञ्गाली, दिपेन्द्र थापा मगर, बिपल्प शाही, प्रहलाद चेम्जोङ्ग, भूपेन्द्र गत, शिक्षा सारु मगर, करिन गिरी, सुरज राई, बिवस ओली, नेपाल मानव धर्म सेवा समिति नेपालगन्जका संयोजक मंगल जिएम, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेश कुमार यादव, रोयल फिटनेशका अमित मल्ल, भरत बसौरा, मनोज शाह, तिलक थापा मगर, क्रिष्टी थापा, दिपक कुमार पौडेल लगायत ९१ जनाले रक्तदान गरेका थिए ।


सो रक्तदान कार्यक्रममा मानव धर्म सेवा समितिका सदस्य, रोयल फिटनेश जोनका सदस्य, एकता युवा क्लबका सदस्य, नेपाल शिव सेनाका सदस्य लगायतले रक्तदान गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति नेपालगन्जका संयोजक मंगल जिएम, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेशकुमार यादव, रोयल फिटनेशका अमित मल्ल, शिव सेनाका सुनिल केसीको रक्तदान कार्यक्रमा अहम भूमिका रहेको थियो । सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सन्दिप आचार्य, रामभक्त लम्साल, हिरा ओली, बसन्ती कार्की, सञ्जय बढही, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *