Tuesday, April 21सत्यम खबर
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको पुनर्गठन

नेपालगन्ज, २६ भाद्र – नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको पुनर्गठन भाद्र २४ गते गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष पदमा बस्नेतको अध्यक्षतामा सक्रिय स्वयम्सेवी रक्तदाताहरुको वृहद् सहभागितामा भएको बैठकले शुक्रवार समाजको पुनर्गठन गरिएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको नियमित स्वयंसेवी रक्तदाता तथा समाजसेवी दिला शाहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको गठन गरिएको छ ।


सो समितिको उपाध्यक्ष पदमा मन बहादुर केसी, सचिवमा भिष्म प्रसाद लोध, कोषाध्यक्षमा मनमोहन वर्मा चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा रुपा गहतराज, दिनेश ठाकुर, मीना तुलाध, सुनिल परियार, पवन कुमार वैश्य, गौतम प्रसाद पौडेल, होमराज गिरीलाई सर्वसम्मतिले चयन गरेको छ ।
यसैगरी बैठकले समाजको रक्तअभियन्ताहरुको ७ सदस्यीय सल्लाहकार गठन गरिएको छ । सल्लाहकारहरुमा वरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, झलक गैरे, शंकर प्रसाद खनाल, राकेश कुमार मिश्र, पदमा बस्नेत (पिन्की), समाजसेवी माधवराम वर्मा, पवन जायसवाल रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष शाहले हामीले दिएको एक पिन्ट रगतले कसैले नयाँ जीवन पाउन सक्छ, त्यसैले रक्तदान जीवन दान भनिएको हो भन्दै रक्तदान जस्तो उत्कृष्ट निःस्वार्थ मानव सेवा अरु कुनै छैन भन्नु भयो । उहाँले सबै स्वयंसेवी रक्तदाताहरुको साथ सहयोग पाउने आशा गर्दै रक्तदान सचेतना अभियान पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *