Monday, June 29सत्यम खबर
Shadow

आस्था

‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाण्डौ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन...
जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, २ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको १ नं. वडामा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरिएको छ । जानकी गाउँपालिका पशु सेवा शाखाको ७५% अनुदानमा किसानहरुलाई विउ वितरण गरिएको हो । व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यमबाट पशुपालन गर्न सहज होस भन्ने उद्देशले वीउ वितरण गरिएको जानकी गाउँपालिका कावा अध्यक्ष इब्राहीम अलि हल्वाईले जानकारी दिए । ३ सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखाको ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इब्राहीम अलि हालवाईले जानकारी दिनु भएको छ। वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका वडा सदस्य हौसीलालले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाएको छ । विउ लिन आएका किसानहरुले विउ पाए पछि खुसी हुँदै वडा अध्यक्ष मो. रजा राईलाई धन्यबाद पनि दिनु भएको छ । कार्यक्रममा जानकी वडा नम्बर १ का कर्मचारी वड...
उम्मेदवार राईको घरदैलो कार्यक्रम सुरु

उम्मेदवार राईको घरदैलो कार्यक्रम सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो ।जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन् ।त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए ।निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम सुरू गरेको हो ।घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकत...
कुन नेताले कति मन छुन सकेका छन् क्षेत्र नं. २ का मतदाताहरुको ?

कुन नेताले कति मन छुन सकेका छन् क्षेत्र नं. २ का मतदाताहरुको ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – नेपालमा यति बेला चुनावी मेला चलिरहेको छ । प्रत्येक पार्टीले आ–आफ्नो सामान (उम्मेदवार) बेच्ने (जिताउने) दाउमा रहेको पाईन्छ । त्यसको लागि कहाँ पार्टी प्रवेश गराउनु छ, कहाँ हटाउनु पर्ने छ त्यो खेल पनि चलिरहेकै अवस्था रहेको आम जनताको बुझाईरहेको पाईन्छ ।यता बाँकेमा पनि त्यो खेल चलिरहेकै अवस्था छैन भन्न मिल्दैन । बाँकेमा झन अन्य स्थान भन्दा बढी चलखेल रहेको पाईन्छ । अहिलेको चुनाव नारा पनि मिश्रित रहेको छ । कसैको एजेण्डा विकास–विकास–विकास, त कसैको जय श्रीराम–जय श्रीराम–जय श्रीराम रहेको छ । तर कसैले पनि यस क्षेत्रलाई रोजगारमूलक गति प्रदान गर्ने खालको योजनाहरु आफ्नो मेनुफेस्टो भित्र समावेश गरेको पाईन्न । जसले गर्दा आर्थिक रुपमा बाँकेलाई अन्य स्थानभन्दा माथि उठाउन सकियोस ।अहिले बाँकेमा खासगरी क्षेत्र नं. २ मा वर्चश्वको लडाई रहेको देखिन्छ । चुनावी नतिजा के हुन्छ अहिले तत्काल भन्...
५ महिलासहित ५६ जनाले गरे रक्तदान

५ महिलासहित ५६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – जनमत अद्र्ध साप्ताहिक, नेपालगन्जको आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् । कार्तिक १ गते मंगलवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, शसस्त्र, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसी (निशान) खत्री र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ५४ औं श्रृङ्खलामा रक्तद...
मतदाताको हौसला पाउँदै अग्रहरी

मतदाताको हौसला पाउँदै अग्रहरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अग्रहरीले मतदाता समक्ष उनले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् ।भिडभाड, तामझाम विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीति अनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तत्र्रिmयात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दाबी छ ।उनले मतदातालाई निरास नबनाउने प्रतिबद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अग्रहरीलाई जिति सकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो । चुनावमा भोट माग्न दलबल सहित आउने त...
जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५औं वर्ष मनाउने तयारी गरिरहेको छ ।रजत जयन्त अघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको कालपृष्ठ दैनिकका प्...
बाँकेमा वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र

बाँकेमा वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक–बाँकेमा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई जिताउन वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी बन्न थालेका छन् ।बाँके निर्वाचन क्षेत्र नं २ मा तालमेलका उम्मेदवारहरुलाई विजयी गराउन नेकपा एमाले र राप्रपाको वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भईसकेको र क्षेत्र नं. १ र ३ मा पनि गठन प्रक्रिया सुरु भएको नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जानकारी दिनुभयो।बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएको बताउँदै उहाँले दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको दावी गर्नुभयो ।आईतवार निर्वाचन क्षेत्र नं.२ अन्तर्गतका २७ वटै वडाका अध्यक्ष, सचिव र इन्चार्जको संयुक्त बैठकले वडा...
एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा

एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक –प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले बाँके क्षेत्र नंं ३ प्रदेश ख को सम्पर्क कार्यालय स्थापना गरेको छ ।जानकी गाउँपालिका–४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीम वलीले उद्घाटन गर्नुभएको छ । क्षेत्र नं. ३ प्रदेश क को बैजनाथमा र क्षेत्र नं. ३ को सम्पर्क कार्यालय खजुरामा स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।कार्यालय स्थापना समारोहमा एमाले प्रदेश कमिटी सदस्य एकमाया बि.क., जिल्ला उपाध्यक्ष डिल्ली बिसी, जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, गाउँपालिका कमिटी अध्यक्ष बिश्रामकुमार बर्मा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको ...
बाम–लोकतान्त्रिक गठबन्धनको कार्यालय उद्घाटन

बाम–लोकतान्त्रिक गठबन्धनको कार्यालय उद्घाटन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १ कार्तिक – वाम–लोकतान्त्रीक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नं १ (ख) को संयुक्त निर्वाचन परिचालन समितीको कार्यलय उद्घाटन गरिएको छ । कोहलपुरको गोलपार्क नजिक खोलीएको संयुक्त निर्वाचन परिचालन समितीको कार्यलयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं १ वाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र बाँके निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा गरेका थिए ।कार्यालयको उदघाटन गर्दै बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अथकले देशभर वाम–लोकतान्त्रीक गठबन्धनको पक्षमा जनलहर उत्साहजनक देखिएको बताउदै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सवै उत्साहजनक तरिकाले लाग्नु पर्ने बताए । उनले निर्वाचन परिचालन समितिको कार्यालयबाट निर्वाचन प्रचार प्रसारका सबै कामहरु व्यवस्थित तरिकाले हुने बताए ।यस्तै वाम लोकतान्त्रीक गठबन्धनको तर्फबा...