Saturday, May 9सत्यम खबर
Shadow

५ महिलासहित ५६ जनाले गरे रक्तदान

नेपालगन्ज, १ कार्तिक – जनमत अद्र्ध साप्ताहिक, नेपालगन्जको आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् । कार्तिक १ गते मंगलवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, शसस्त्र, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसी (निशान) खत्री र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ५४ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मन बहादुर केसी (निशान), अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकरप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, सुश्री स्वेता विष्ट, नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, रक्तदाता समाजका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान गर्नु भएको छ ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार पार्वती थापा, दिनेश कुमार तमोली, अरुण बज्राचार्य, दिपक चौधरी, बानेश्वर थारु, अर्जुन प्रसाद चौधरी, सागर बिष्ट, कृष्णचन्द खत्री, दिपक नेपाली, प्रदीप बस्नेत, शरस केसी, तिलक रोकामगर, राम सुहावन सोनकर, मनबहादुर बस्नेत, कमल कठायत, पूजा केसी, रुसतम अली दर्जी, उदयप्रसाद उपाध्याय, उमा भाट, कृष्ण अर्याल, शिवकुमार गिरी, सरोजकुमार चौधरी, अपेक्षा श्रेष्ठ, गणेश खडका, तिलक पुन, रबिन्द्र चौधरी, निराजन चौधरी, बिष्णु वर्मा, अनिल चौधरी थारु, दिपक चौधरी, अनिला चौधरी, लच्छीराम चौधरी, गोबिन्द नाउँ, दिपेन्द्र नाउँ, दिपेन्द्र चौधरी, रामदयाल चौधरी, नन्नकुअली बेहना, अँगनु नाउँ, जय शंकर थारु, नमित चौधरी, कृष्ण डिसी, सल्मान अन्सारी, रिसभ बैश्य,सन्तोष चौधरी लगायत ५६ जनाले रक्तदान गर्नु भएको छ ।
सो कार्यक्रममा पिस नेपाल डटकम नेपालका प्रवन्ध निर्देशक प्रज्वल चुके, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापामगर, सोमप्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, पिमा डाँगी, सजिना कार्की, सञ्जय बढही, सुनिता थापा, केशर सिंह डाँगी, बैकुण्ठ रेग्मी, समिक्षा रोकायाले प्राविधिकमा र अन्यमा आकाश जायसवालले रक्तदान कार्यक्रमा सहयोग गर्नु भएको थियो ।
वि.सं.२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५४ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्टसम्म स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।
त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *