Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

बाँके–२ मा राणाको पक्षमा निर्वाचन माहोल तात्तिदै

बाँके–२ मा राणाको पक्षमा निर्वाचन माहोल तात्तिदै

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ कार्तिक – बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार सुदिप नरसिंह राणाको पक्षमा निर्वाचन माहोल तात्दै गएको छ । दिनहुँ चुनावी प्रचारसँगै उम्मेदवार राणाले मतदातालाई भेटेर आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् । राणा क्षेत्र नम्बर २ का लागि नयाँ अनुहार हुन् ।पटक–पटक एउटै ब्यक्तिलाई जिताउँदा क्षेत्र नम्बर २ ले परिर्वतन महसुस गर्न नसकेको भन्दै अधिकांस मतदाताले यसपटक नयाँ अनुहारलाई ल्याउने प्रतिवद्धता जनाएको राणाले सुनाए । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि घरदैलो अभियानमा ब्यस्त रहेका राणाले मतदाताको घरदैलोमा पुगेर भेट गरेका हुन् । उनीहरुका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता सहित रुख चिन्हमा भोट हाल्न आग्रह गरेका हुन् ।चुनावी प्रचारका क्रममा शनिबार (आज) बिहान राणाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दालाई घर–घरमा पुग...
‘जति गर्न सक्छु, त्यही बोल्छु, झुठा आश्वासन दिन नसक्ने’ राठौर

‘जति गर्न सक्छु, त्यही बोल्छु, झुठा आश्वासन दिन नसक्ने’ राठौर

आस्था, प्रदेश ५, राजनीति, समाचार
के.आर. शर्माबैजनाथ, १९ कार्तिक – बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले बैजनाथ क्षेत्रमा थारु समुदायका अगुवा कार्यकर्ता र समुदायसंग बृहत अन्तक्र्रियासहित आगामी दिनमा थारु समुदाय र समग्र क्षेत्रबासीका बृहत हित शिक्षा, स्वास्थ्य, निर्माण बिकास बाटोघाटोको स्तररोन्नती हुलाकी फोरलेन बाटो र सुशासन ब्यवस्थाका लागि आफु निर्वाचित भएपछि इमानदारीका साथ लाग्दै ब्यवस्थापन गर्ने र समग्रमा चरणबद्ध बिकाशमा समय लाग्न सक्छ तर आफ्नो अठोटमा कमी नआउने बताए ।साथै समुदायलाई जति म गर्न सक्छु त्यही बोल्छु गर्न नसक्ने कुराको ढाटने छल्ने झुठा आश्वासन दिन नसक्ने प्रतिबद्धता जनाए ।बाँके क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा–३ ‘क’ को बैजनाथ गाउँपालिका को जी गाउ वडा नम्बर ५ मा आयोजित बाम– लोकतान्त्रिक गठबन्धन संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सह–महामन्त्री समेत रहेक...
गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पुर्व जनमुक्ति सेना प्रतिवद्ध

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पुर्व जनमुक्ति सेना प्रतिवद्ध

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १९ कार्तिक – पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन् । शनिबार बिहानपुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवार बिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनीहरुले बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन् ।आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले आफुहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट ब्यवस्था बदलिय पनि आमनागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुे पर्नेमा उनीहरुले जोड दिएका थिए ।कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतरा...
दुई दिने आगलागी नियन्त्रण तालिम सम्पन्न

दुई दिने आगलागी नियन्त्रण तालिम सम्पन्न

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक - नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने आगलागी नियन्त्रण सम्वन्धि तालिम नेपालगन्जमा शुक्रवार सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ का २९ जनाको सहभागितामा आधारभूत आगलागी जोखिम नियन्त्रण तालिम सम्पन्न भएको हो । उक्त तालिममा आगलागी हुने कारणहरु, घरायसी आगलागी नियन्त्रणका उपाय, शहरी क्षेत्रमा हुन सक्ने आगलागीका कारणहरु, आगलागी रोकथाममा सुमदायको भुमिका लगायतका विषय तथा सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो । शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले संयोजन गरेको तालीममा शसस्त्र प...
मेरो अजेन्डा एउटै छ, विकास, विकास र विकास : इश्तियाक राई

मेरो अजेन्डा एउटै छ, विकास, विकास र विकास : इश्तियाक राई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ कार्तिक - जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताएका छन्। नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास…।’विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई अरू कुनै दीवासपना नदेखाउने उनले बताए। सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्दै भिडिरहेका उनले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए।‘यी सारा जनताको प्रेम, आशा र भरोसा नै मेरो लागि गठबन्धनभन्दा महान छ। म सधैं जनतासँगै छु र सधैं तपाईंहरूकै साथमा रहिरहनेछु’ उनले ‘कसले कुन पार्टीसँग गठबन्धन गरिरहेको छ त्यो कुराको मलाई कुनै चिन्ता छैन। किनकि मेरो गठबन्धन जनतासँग छ र ज...
डा. कर्णप्रति मतदाताकाे आकर्षण बढ्दै

डा. कर्णप्रति मतदाताकाे आकर्षण बढ्दै

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ कार्तिक - बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर विनोद कर्णप्रति नेपालगन्जवासीको आकर्षण देखिएको छ । चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ मिलेको हो । देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाइ छ । कर्ण आफैमा पनि लामो समयदेखि सामाजिक कार्यमा अग्रसर रहेर ग्रीन नेपालगन्ज अभियानलाई निरन्तर अगाडि बढाउँदै आएका व्यक्ति रहेका कारण समेत मतदाताको साथ र हौसला पाएका छन् ।बाँके क्षेत्र नम्बर २ का स्थानीयलाई कर्णले जितेको खण्डमा क्षेत्रको विकास र उनले गरेका बाचा पूरा गर्ने कुरामा बिश्वस्त छन्, जसले गर्दा कर्ण घरदैलोका क्रममा जहाँ–जहाँ पुग्छन् उनलाई मतदाताक...
बाँके क्षेत्र नं. २ को प्रदेशतर्फ अग्रवालको पकड मजबुद

बाँके क्षेत्र नं. २ को प्रदेशतर्फ अग्रवालको पकड मजबुद

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ कार्तिक – जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं. २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारीलाई तिब्रता प्रदान गरिएको छ । पहिलो चरणको घरदैलो अभियान सकिएपछि बाँके क्षेत्र नं. २ को सांसदीय र प्रदेशीक क्षेत्र भरि दैनिक जसो आक्रमक चुनावी अभियान सञ्चालन गरेका छन् ।जसपा बाँके क्षेत्र नं. २ का चुनाव प्रचार प्रसार समितिका अनुसार शुक्रबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाटलाई तिब्रता प्रदान गरेका छन् ।शुक्रबार भएका घरदैलो तथा भेटघाट कार्यक्रमहरूमा जसपाका बाँके क्षेत्र नं. २का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेश सदस्य उम्मेदवार आदेश अग्रवालले मतदाताहरूको आवश्यकता अनुसार आफूहरु विजयी पश्चात कार्य गर्ने विश्वास दिएका छन् ।पूर्वमन्त्री राईले भने– ‘आफू पदमा रहँदा विगतका दिनहरुमा यस क्षेत्रको लागि गरिएको कामको मूल्यांकन गरेर मतदान गर्न बत...
किस्मत र रत्न खत्रीको प्रतिवद्धता महिनामा एक पटक जनताको घरमा

किस्मत र रत्न खत्रीको प्रतिवद्धता महिनामा एक पटक जनताको घरमा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १८ कार्तिक – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाँके क्षेत्र नं. ३ का एमाले उम्मेदवार किस्मतकुमार कक्षपति र प्रदेश क का उम्मेदवार रत्नबहादुर खत्रीले आफुहरु जनताको पीरमर्का बुझ्न महिनामा कम्तीमा एक पटक जनताको घरमा पुग्ने प्रतिवद्धता जनाएका छन् ।क्षेत्र नं. ३ अन्तरगत बाँकेको बैजनाथ १ चिसापानीका विभिन्न बस्तीमा जनभेटघाटका क्रममा उम्मेदवारद्वयले सो प्रतिवद्धता जनाएका हुन । उनीहरु दुबै जनाले जनताको प्रतिनिधि भएपछि विकासको मोडल हेर्न बाँके ३ मा अरु आउने गरी काम गर्ने बताए ।प्रतिनिधिसभा उम्मेदवार कक्षपति र प्रदेशसभा उम्मेदवार खत्रीले जनताको शीर ठाडो हुने गरी आफुहरुले काम गर्ने दो¥याए । विकास गर्न र कहाँबाट बजेट ल्याउनु पर्छ भन्ने कुरा हामीलाई राम्रो गरी थाहा छ त्यस कारण तपाईहरु निसन्देह हुनुहोस विकासको जिम्मा हाम्रो भो मतदातासंग विश्वास दिलाउँदै कक्षपति र ...
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचिमा

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचिमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टर नेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट (https://aims-worldrunning.org/calendar.html) मा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलि दिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलो पटक नेपालगन्ज, लुम्बिी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देश प्रेम भनेको यही रहेछ, विश्व समुदाय मा...
डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछु : मन्त्री अथक

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछु : मन्त्री अथक

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १८ कार्तिक – पाँच दलिय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारु सहित वाम लोकतान्त्रिक गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा ‘डुडुवा समस्या समाधानका लागि तटबन्धन मुलुकको सम्बृद्विका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ अपरिहार्य रहेको भन्दै मतदाताहरु उत्साहित देखिएका छन् । घरदैलोका क्रममा विद्युतरोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरुले विकास र सम्बृद्विको अभियानलाई पूर्णता दिनसकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताए ।बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले विकास र सम्बृद्विको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने...