
के.आर. शर्मा
बैजनाथ, १९ कार्तिक – बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले बैजनाथ क्षेत्रमा थारु समुदायका अगुवा कार्यकर्ता र समुदायसंग बृहत अन्तक्र्रियासहित आगामी दिनमा थारु समुदाय र समग्र क्षेत्रबासीका बृहत हित शिक्षा, स्वास्थ्य, निर्माण बिकास बाटोघाटोको स्तररोन्नती हुलाकी फोरलेन बाटो र सुशासन ब्यवस्थाका लागि आफु निर्वाचित भएपछि इमानदारीका साथ लाग्दै ब्यवस्थापन गर्ने र समग्रमा चरणबद्ध बिकाशमा समय लाग्न सक्छ तर आफ्नो अठोटमा कमी नआउने बताए ।
साथै समुदायलाई जति म गर्न सक्छु त्यही बोल्छु गर्न नसक्ने कुराको ढाटने छल्ने झुठा आश्वासन दिन नसक्ने प्रतिबद्धता जनाए ।
बाँके क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा–३ ‘क’ को बैजनाथ गाउँपालिका को जी गाउ वडा नम्बर ५ मा आयोजित बाम– लोकतान्त्रिक गठबन्धन संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सह–महामन्त्री समेत रहेका उम्मेदवार राठौरले स्वतन्त्रले समाज परिवर्तन र जातिय पार्टीले समाज परिवर्तन उन्नति प्रगति बिकाश गर्न नसक्ने बताउदै बिश्वमा पनि स्वतन्त्र जातिय पार्टीले सत्ता प्राप्त न गरेको जिकिर गरे ।
रेशम चौधरी संग पचीस बर्ष देखी सम्बन्ध रहेको र चौधरी स्वयंले अरु साथीहरु बहिर छन मलाई अन्याय भएका कुरालाई लिएर राठौर म लागि परेको छुटाउन पहल गरिराखेको छु आज पनि भोलि पनि लागिरहने चुनावका बेला भएर भनेको हैन प्रयासरत नै छु जिम्मेवारी लिन न सक्ने तर कोसिस पहल निरन्तर गरि राख्ने बताए ।
समाज ब्यक्तिगत हित भन्दा माथि उठनु पर्ने बताउदै शहिद बैजनाथजीले आफ्ना छोराछोरीका लडेका हैनन देशकालागि जनताका अधिकारका लागि सहिद भएका पेडारीका स्वर्गीय सहिद बैजनाथको योगदानको चर्चा गर्दै म लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन थारु समाज र समग्र क्षेत्रबासीलाई अपिल गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा–३ का उम्मेदवार एवं पुर्ब राज्यमन्त्री दलबहादुर सुनारले एमालेमा रहँदासम्म जनताको जनार्दनका काम गर्न नपाएपछि पार्टी छाडेको बताएका थिए ।
नेपाली कांग्रेस बाँके प्रतिनिधिसभा संसदीय क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य उम्मेदवार फुलाराम चौधरी, संसदीय क्षेत्र ३ का प्रदेश समानुपातिक उम्मेदवार बिनोद कुमार थारु र संजु चौधरी, नेपाली कांग्रेस बर्दियाका जिल्ला उप सभापति गोविन्द प्रसाद थारु, माओवादी थारु मुक्ति मोर्चाका भीखु थारुले थारु समुदायको बृहत हित बिकाशका लागि बोलेका थिए ।
कार्यक्रममा संसदीय बाँके क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार आशा बि.क नेपाल प्रेस युनियन बाँकेका केन्द्रीय पार्षद कुन्तलराज शर्मा लगायत गठबन्धन सहित थारु समुदायका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।
