Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

बाँके–२ मा राप्रपा र एमालेका उम्मेदवारको चुनावी माहोल

बाँके–२ मा राप्रपा र एमालेका उम्मेदवारको चुनावी माहोल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० कार्तिक–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै जाँदा बाँके क्षेत्र नं २ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ ।नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको छ ।गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडि रहनु भएको छ । दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले जित सुनिश्चित देखिएको हो ।स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली क...
साहु समाजद्वारा क्षे नं. २ का उम्मेदवारहरुलाई सम्मान

साहु समाजद्वारा क्षे नं. २ का उम्मेदवारहरुलाई सम्मान

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक – साहु समाज बाँकेले वडा नम्बर ५ पिपल चौतारा स्थित धर्मशालामा बनेको राधाकृष्ण मन्दिरमा नेपाली कांग्रेस संसदीय क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा सदस्यका (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई भब्य स्वागत तथा बिगतमा सांस्कृतिक सामाजिक कार्यमा सहयोगका लागि एक कार्यक्रम बीच सम्मान गरिएको छ ।सोही अवसरमा उम्मेदवारहरुले समाजिक बहुसांस्कृतिक रुपबाट चिनिने बाँके क्षेत्र नम्बर २ र नेपालगन्ज उपमहानगरपालिकाको चौतर्फी बिकाश नेपाली कांग्रेसले नै गर्न सक्ने भएको हुँदा साहु समाजबाट नेपाली कांग्रेसका सम्पूर्ण उमेरदवारलाई जिताउन हार्दिकताका साथ अपील गरेका छन् ।साहु समाजले गरेको कृष्ण मन्दिर र धर्मशाला निर्माण र अग्रज समाजका संस्थापक स्वर्गीय चुन्नीलाल साहु लगायत समाजले गरेको धार्मिक सामाजिक कार्यको योगदान बारे चर्चा गरेका थिए ।कार्यक्रम साहु ...
मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ कार्तिक - मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् । समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घ...
मतदाताको घरघरमा पुग्दै प्रदेशसभा उम्मेदवार कर्ण

मतदाताको घरघरमा पुग्दै प्रदेशसभा उम्मेदवार कर्ण

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ कार्तिक - बाँकेको क्षेत्र नं. २ (ख)बाट प्रदेशसभाका लागि स्वातन्त्र उम्मेदवार दिएका डा. विनोद कर्ण यतिबेला चुनावी प्रचारका लागि मतदाताको घरघरमा ब्यस्त रहेका छन् । प्रत्येक मतदातालाई भेट्नु पर्छ भन्ने उनको मान्यताका कारण उनी प्रत्येक मतदातालाई भेट्ने अभियानमा रहेका छन् । शनिबार पनि डाक्टर कर्ण दिनभर नेपालगन्ज उपमहानगरपाकिला वडा नं. १ क्षेत्रमा ब्यस्त रहेको छन् । डा. कर्णले वडा नं. १ मा रहेको धम्बोझी, वाटरपार्क क्षेत्रका मतदाताको घरघरमा पुगेर भेटेका छन् । स्वास्थ्य क्षेत्रबाट उदायएका बाँकेका परिचित डाक्टर कर्ण आफ्ना एजेण्डा प्रत्येक मतदाताले थापा पाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘जनतालाई तामझाम चाहिएको छैन र तामझामका साथ चुनाव प्रचार गर्न पनि आवश्यक छैन । बस आफ्नो एजेण्डा जनतालाई बुझाउन सक्नु पर्छ ।’ डाक्टर कर्ण जनताले देखावटी भन्दा वास्तविकतालाई विश्वास गर्ने गरेको बताउ...
इश्तियाक राईको वाचा : मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं

इश्तियाक राईको वाचा : मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ कार्तिक – जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं. २ मा शनिबार पनि बिहानैदेखि चुनावी कोण सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घरघरमा पुगि सकेका क्षेत्र नं२ का प्रतिनिधि सभा उम्मेदवार मोहम्मद इश्तियाक राई र प्रचार प्रसारमा क्रियाशील कार्यकर्ताहरूले मतदातालाई सही उम्मेदवार छान्न र सही तरिकाले मतदान गर्न पनि सिकाइ रहेका छन् ।मतदातासँग भोट अपिल गरिरहेका उम्मेदवार राईले यसपालिको चुनाव विकास, सद्भाव भाइचारा र सामाजिक सद्भाव भड्काउनेहरू बीच भइरहेको भन्दै अब समृद्धि र विकासलाई फेरि निरन्तरता दिन अग्रह गरेका छन् । उनले दलबल र गठबन्धनको शक्तिले फैलाएका भ्रमहरूको पछि नलाग्न र सही व्यक्तिलाई चुन्न पनि अपिल गरे ।‘हामी यही लोकतन्त्रका लागि लडेका हौं । यही अपनत्व र समानुपातिक प्रतिनिधित्व अनि आफ्नो पहिचानका लागि हाम्रा मधेसी नाग...
बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

आस्था, प्रदेश ५, राजनीति, समाचार
कैलाली, १९ कार्तिक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले उल्लेख गरे । प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए । उनले भने, ‘अहिले देश एउटा सही बाटोमा उन्मुख छ ।’ नेता महतले अहिले देशमा सहिष्णु नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्रीले दिन सक्छन् भन्ने विश्वास व्यक्त गर...
हु जिन्ताओ बहिर्गमनको सन्देश

हु जिन्ताओ बहिर्गमनको सन्देश

आस्था, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, विदेश
देवेश झाकाठमाण्डौ, १९ कार्तिक –सातासम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको गत शनिबार सम्पन्न समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा बाहिर निकालिएको भिडिओ सर्वाधिक चर्चित बन्यो। भव्यरुपमा सजाइएको उक्त समारोहबाट हु जिन्ताओलाई बहिर्गमन गराइएको दृश्यबारे चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया नदिए पनि आइतबार साँझ चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने नेता हु बिरामी भएको र पूर्ण रुपमा निको भइनसकेकाले उनलाई आराम गर्नका लागि हलबाट अन्यत्र पठाइएको जनाएको थियो। राष्ट्रपति सी चिन फिङको छेउमा बसिरहेका ७९ वर्षीय नेता हु भने आफू बसेको सिटबाट हट्न तयार देखिएका थिएनन्। तर, उनलाई एक जनाले पाखुरामा समातेर हटाउन खोजेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भयो। जसअनुसार पूर्व राष्ट्रपति जिन्ताओ आफ्नो ठाउँबाट उठ्न तयार नदेखिएपछि उनलाई दुवै हातले समाते...
शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १९ कार्तिक – बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवकारुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवार (आज) देखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने स्पष्ट पार्नु भएको छ ।‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं उहाँले भन्नुभयो’–‘शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन् ।’ उहाँले शिक्षक संघसंगठ...
बाँके ३ मा कांग्रेससहित गठबन्धनको पक्षमा जनलहर

बाँके ३ मा कांग्रेससहित गठबन्धनको पक्षमा जनलहर

आस्था, प्रदेश ५, राजनीति, समाचार
खजुरा, १९ कार्तिक – बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहित पाँच दलिय गठबन्धनको पक्षमा जनलहर बढेको छ । उक्त क्षेत्रमा प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा छन् । उनले नियमित रुपमा आफ्नो प्रचार प्रसार गरिरहेका छन् ।कांग्रेसका प्रभावशाली नेता राठौंर उम्मेदवार भएपछि बाँकेको क्षेत्र नम्बर ३ ले विकास निर्माणमा फड्को मार्ने यहाँका अधिकांस स्थानीय बासिन्दाको अपेक्षा छ । जनतालाई झुठो आश्वासन नबाँड्ने प्रतिवद्धता जनाउँदै आएका कांग्रेस नेता राठौंरले आफु निर्वाचित भएपछि काम गरेर देखाउँने बताउँछन् ।यसैक्रममा शनिबार(आज) क्षेत्र नम्बर ३ अन्तरगत पर्ने खजुरा गाउँपालिका वडा नम्बर ३ मा आयोजित कार्यक्रममा उम्मेदवार राठौंरले एमाले परित्याग गरेका विभिन्न ब्यक्तिलाई नेपाली कांग्रेसमा प्रवेश गराए । नेकपा एमाले परित्याग गरेका ६० जना युवा लगायतला...
घरदैलोमा पुगेर मतदाता भेट्दै प्रदेशसभा उम्मेदवार हमाल

घरदैलोमा पुगेर मतदाता भेट्दै प्रदेशसभा उम्मेदवार हमाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कार्तिक १९ – बाँकेको प्रदेश सभा २(२) मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमालले घरदैलोमा पुगेर मतदाता भेट्ने क्रम जारी राखेका छन् । घरदैलो अभियानलाई तिब्रता दिदै उनले मतदाताको मन जित्ने काम गरिरहेका छन् ।घरदैलो अभियानअन्तर्गत हमाल शनिबार (आज) बिहान नेपालगन्जको वडा नम्बर ४ र दिउँसो अन्य वडाका मतदातालाई भेटघाट गरेका हुन्् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित प्रचार(प्रसार सम्पर्क कार्यालयदेखि शनिबार बिहान हमालले घरदैलो कार्यक्रम सुरु गरेका थिए । उनीले बसपार्क, बाइपास रोड, बस्याल टोललगायत अन्य विभिन्न टोलमा रहेका मतदाताहरु भेटे ।बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सचीव प्रदिप शाहले मतदातासँगको भेटघाट धेरै नै प्रभावकारी रहेको बताए । घरदैलो गर्दै हमालले रुख चिन्हमा मतदान गरी काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।घरदैलो कार्यक्रममा उम्मेदवार हमाल सहित समा...