
नेपालगन्ज, १८ कार्तिक – नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने आगलागी नियन्त्रण सम्वन्धि तालिम नेपालगन्जमा शुक्रवार सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ का २९ जनाको सहभागितामा आधारभूत आगलागी जोखिम नियन्त्रण तालिम सम्पन्न भएको हो ।
उक्त तालिममा आगलागी हुने कारणहरु, घरायसी आगलागी नियन्त्रणका उपाय, शहरी क्षेत्रमा हुन सक्ने आगलागीका कारणहरु, आगलागी रोकथाममा सुमदायको भुमिका लगायतका विषय तथा सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो ।
शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले संयोजन गरेको तालीममा शसस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर विक, नेपालगन्ज उपमहानगरपालीका दमकल सेवाका प्रमुख जयन्द्र खड्का, रेडक्रसका प्रलाद विश्वकर्मा लगायतले सहजीकरण गर्नु भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न तालीममा नेपालगन्ज उपमहानगरपालिकाका विपद तथा बातावरण समितिका संयोजक समिरप्रताप सिंह, रेडक्रस बाँकेका उपनिर्देशक दोलख डाँगी, रेडक्रस सदरलाईन उपशाखाका सभापति ओमप्रकाश आजाद लगायतको सहभागिता रहेको थियो ।
