सुदिप नरसिंह राणाको पक्षमा डुडुवावासी
डुडुवा, २० कार्तिक - बाँकेको क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिप नरसिङ राणाको पक्षमा डुडुवावासी देखिएका छन् । प्रचार प्रसारका क्रममा आइतबार डुडुवा गाउँपालिका क्षेत्रमा पुगेका उम्मेदवार राणालाई डुडुवाबासीले जितको अग्रिम शुभकामना दिएका थिए ।
प्रचार प्रसारमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्बसाधारणको पनि उपस्थिती रहेको थियो । डुडुवामा नेपाली कांग्रेससहित गठबन्धनको अग्रता देखिन्छ । दुई पटक डुडुवा गाउँपालिकाको नेतृत्व गरेका कांग्रेस नेता नरेन्द्र चौधरीले गरेका विकास निर्माणबाट डुडुवा गाउँपालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर २ मा चुनाव जित्न उम्मेदवारका लागि डुडुवाका मतदाता निर्णायक मानिन्छन् ।
उम्मेदवार राणा प्रचार प्रसारका क्रममा वडा नम्बर २ मा रहेका बाबाँगाउँ, सन्तलिया, अमृत पुरुवा, दास पुरुवा, विलोर पुरुवा, कोलहीगाउँ, करियाती पुरुवा लगायत क्...








