
नेपालगन्ज, २० कार्तिक – साहु समाज बाँकेले वडा नम्बर ५ पिपल चौतारा स्थित धर्मशालामा बनेको राधाकृष्ण मन्दिरमा नेपाली कांग्रेस संसदीय क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा सदस्यका (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई भब्य स्वागत तथा बिगतमा सांस्कृतिक सामाजिक कार्यमा सहयोगका लागि एक कार्यक्रम बीच सम्मान गरिएको छ ।
सोही अवसरमा उम्मेदवारहरुले समाजिक बहुसांस्कृतिक रुपबाट चिनिने बाँके क्षेत्र नम्बर २ र नेपालगन्ज उपमहानगरपालिकाको चौतर्फी बिकाश नेपाली कांग्रेसले नै गर्न सक्ने भएको हुँदा साहु समाजबाट नेपाली कांग्रेसका सम्पूर्ण उमेरदवारलाई जिताउन हार्दिकताका साथ अपील गरेका छन् ।
साहु समाजले गरेको कृष्ण मन्दिर र धर्मशाला निर्माण र अग्रज समाजका संस्थापक स्वर्गीय चुन्नीलाल साहु लगायत समाजले गरेको धार्मिक सामाजिक कार्यको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रम साहु समाज जिल्ला अध्यक्ष हंसराम साहुको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रदीप साहले गरेका थिए भने स्वागत मन्तब्य रामलोचन साहूले गर्नु भएका थिए ।
साहू समाज जिल्ला कार्य समिति बाँके र साहु समाज युवा समितिको संयुक्त तत्वाधानमा भएको कार्यक्रममा प्रदेश समानुपातिक उम्मेदवार माया पुन, नेपालगन्ज, उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राजकुमार साहु, साहू समाजका उपाध्यक्ष बिमल साहू, साहू समाज जिल्ला युवा समितिका अध्यक्ष राम किशन साहू, समाजका पदाधिकारी– सदस्य बृजलाल साहू, दिनेश साहू, मनोज साहू, सरोज साहू, सन्तोष साहू लगायत अतिथिहरुको उपस्थित रहेको थियो ।
